‘हरियाली बढाउनेभन्दा नोट फलाउने वृक्ष रोपौं’


प्रकाशित मिति : असार १४, २०७६ शनिबार

सामुदायिक वनको सफलताले अन्तर्रा्ष्ट्रिय जगत्मा नेपालको नाम राखिरहेका बेला विज्ञहरुले सुझाव दिए, ‘नोट फलाउने वृक्ष रोपौं, हरियाली आफै बढ्छ ।’

विज्ञहरुले वृक्षरोपण अभियानलाई सफल बनाउन सशक्त प्राधिकरण गठन गर्न पनि सुझाव दिएका छन् । सरकारले असार १४ देखि लागु हुनेगरी वृक्षरोपण वर्ष घोषणा गर्दै यस दिनलाई वृक्षरोपण दिवस मान्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७६र२०७७ भित्र पाँच करोड विरुवा रोप्ने महत्वकांक्षी योजना अघि सारिरहेका बेला सशक्त प्राधिकरणको खाँचो औल्याइएको हो । वृक्षरोपण कार्यको अगुवाई गर्न र रोपिएका विरुवाको निरन्तर हेरचाह गर्न तथा हुर्काउन–बढाउन पूर्ण सरकारी स्वामित्वको प्राधिकरण गठन गर्न विज्ञले सुझाएका हुन् ।

पूर्वगृह सचिव बालकृष्ण प्रसाईँ नेतृत्वको टोलीले वन तथा वातावरण मन्त्रालयलाई यस्तो निकाय गठन गर्न सुझाएको हो । प्रसाईंसहित वन विज्ञहरु गोविन्दप्रसाद काफ्ले, शेषहरि भट्टराई, डा. उदयराज शर्मा र कानूनविद् डा. विपिन अधिकारी संलग्न टोलीले स्वतन्त्र र शक्तिशाली प्राधिकरण गठन गर्न राय सुझाव दिएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com