१३ सय अयोग्य नेपाली डाक्टरहरु, लाइसेन्स परीक्षामा ३६ पटकसम्म फेल,


प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार

एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन्। नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन्।

लगातार ३६ पटकसम्म फेल हुने डाक्टर पनि छन्। विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ।

काउन्सिल श्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरु छन्। पटक पटक फेल भएका डाक्टरहरु लाइसेन्सको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

उनीहरुले बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार मेडिकल काउन्सिलमा ज्ञापनपत्रसमेत बुझाएका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com