चार दिनमै पुरा गरे आमाको काजकिरिया : स्थानीयले दिए बहिस्कार गर्ने धम्की


प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार

तराई मधेशमा मृत्यु संस्कार गर्ने परम्परा लामो छ। झन् मधेशी समुदायमा त मृत्यु संस्कारमा आर्थिक भारसमेत पर्ने गरेको छ। आर्थिक भारमा कतिपय परिवार बिचल्ली भएका घटना सार्वजनिक हुँदै आएका छन्।

पुरानो रुढीबादी संस्कारको विरोध गर्दै आएका सिरहाको सन्हैठा निवास पूर्वपत्रकार तथा समाजवादी पार्टीका नेता रामरिझन यादवले आफ्नी आमाको मृत्यु संस्कार चार दिनमै सकेका छन्। तर, १३ दिनमा सक्नुपर्ने मृत्यु संस्कार चार दिनमै सकेको र भोज पनि नगरेको भन्दै स्थानीयबासीले यादवलाई सामाजिक बहिस्कार गरेका छन्।

यादबले आफ्नी आमा ८८ वर्षीया जगियादेवी यादवको काजकिरिया चार दिनमै सकेका हुन्। चार दिनमा काजकिरिया सकेका यादबले बिहीबार घरमै श्रद्धाञ्जली सभा गरे। श्रद्धाञ्जली कार्यक्रममा बौद्धिक व्यक्तित्व, विभिन्न पार्टीका नेता कार्यकर्ता त आए, तर छिमेकी नै गएनन्। यो समाचार आजकोनयाँ पत्रिका दैनिकमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com