Follow @khasokhasmag

धर्तीमाताको नाममा युवती कुटपिट गर्ने पक्राउ


प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार

काठमाडौँको भद्रकाली मन्दिर परिसरमा कथित धर्तीमाताको नाममा एक युवतीमाथि दुव्र्यवहार [कुटपिट] गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

गुल्मी घर भई रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने ३२ वर्षकी विष्णु कुँवरलाई काठमाडौँको बालाजुबाट पक्राउ गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले जनाएकोे छ ।

यही असार ५ गते मन्दिरमा उनले घटना गराएको प्रहरीले जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सो घटनाबारे जानकारी दिँदै परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले उपचारको नाममा युवतीमाथि दुव्र्यवहार गर्ने कुँवरलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सो घटनामा दुव्र्यवहार भएकी युवती भने सम्पर्कमा नआएकीले खोजी भइरहेको छ । विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएको श्रव्यदृष्यमा मानिसको ठूलो भीडमा ती महिलाले एक युवतीलाई कुटपिट गरिरहेको देखाइएको थियो ।

घटना हुँदा सो स्थानमा नेपाल प्रहरीका कर्मचारीसमेत देखिएकोबारे पत्रकारले सोधेको जिज्ञासामा परिसरका प्रमुख सुवेदीले भीड नियन्त्रण गर्न र मानिसको सुरक्षाका लागि आएकाले कुनै पूर्वघोषित कार्यक्रममा नखटिएको प्रहरीले जनाएको छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com