Follow @khasokhasmag

‘अयोग्यता’ को बिल्ला हटेपछि ‘माननीय’ दंग


प्रकाशित मिति : असार १२, २०७६ बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले जीवनमा धेरै दुःख पनि पाइन् र धेरै असन्तुष्टिको अनुभव गर्ने गरी राजनीतिक पदमा पनि पुग्नुभयो तर उनलाई सधैं एउटा पिरलोले सताइरहन्थ्यो– औपचारिक शिक्षा ।

पटकपटक संसद्मा पुगिसकेकी उनलाई कसैले ‘माननीयको शैक्षिक योग्यता कति’ भनेर प्रश्न गर्ने्बित्तिकै मन झसंग हुन्थ्यो र उनीसँग दिने जवाफ नै हुँदैन्थ्यो । तर, बिहीबारदेखि भने उनको यो अयोग्यता हटेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेसँगै उनको शैक्षिक योग्यता पनि अब एसईई उत्तीर्ण भएको छ ।

यो बर्ष छोरी विणुसँगै एसईई दिएकी शान्ताले २.६५ जीपीएसहित ‘बी’ ग्रेडमा उत्तीर्ण गरेकी छिन् । खुला विद्यालयअन्तर्गत दाङको महेन्द्र मावि तुलसीपुरबाट परीक्षा दिएकी शान्ताले अंग्रेजी, नेपाली र सामाजिकमा ‘बी’, शिक्षामा ‘बी प्लस’ तथा गणित, विज्ञान, स्वास्थ्य र अर्थशास्त्रमा ‘सी प्लस’ गरी समग्रमा ‘बी’ ग्रेडमा उत्तीर्ण गरेकी छिन् । छोरी विणुले भने ‘बी प्लस’  ल्याएकी छिन्  । यो समाचार आजको नेपाल समाचारपत्रमा नरेन्द्र केसीले लेखेका छन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com