एसइइ नतिजा सार्वजनिक
प्रकाशित मिति : असार १२, २०७६ बिहीबार
माध्यमिक शिक्षा परीक्षा (एसईई) तहको नतिजा प्रकाशन भएको छ। संघीय संरचना अनुसार गरिएको परीक्षामा कुल चार लाख ७५ हजार तीन जना विद्यार्थी सहभागि भएका थिए। जसमा छात्रा तर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र तर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी सहभागि थिए।
२०७५ चैत्र १० गतेबाट परीक्षा सुरु भएको थियो। देशभर कुल परीक्षा केन्द्र १९६९ तोकिएको थियो। प्रदेश नं १ बाट – ८३ हजार ६ सय १८, प्रदेश नं २ बाट – ७० हजार ५ सय १८, प्रदेश नं ३ बाट – १ लाख हजार दुई, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाछ– ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट – ३५ हजार ६ सय ३४ र सुदुरपश्चिम प्रदेशबाट – ५३ हजार ९ सय ७२ विद्यार्थी परीक्षामा सहभागि भएका थिए।
परीक्षाको लागि २९ हजार ५ सय ३५ सुरक्षकर्मी परिचालन गरिएको थियो। अनिवार्य छवटा विषयको प्रदेशअनुसार फरक प्रश्नपत्रको व्यवस्था गरिएको थियो। परीक्षाको नजिता केहीबेरमा
नतिजा हेर्ने यो तरिका
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर www.neb.gov.np, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर www.see.gov.np, नेपाल टेलिकम www.see.ntc.net.np, एनसेल www.ncell.axiata.com, एजाइल एडुकेशन, www.merostudy.com, ईडीयू सञ्जालwww.see.edusanjal.com मा गएर नतिजा हेर्न सकिन्छ ।
यस्तै, एसएमएसबाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ । यसैगरी results लेखेर स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३५००१ मा पठाउन सकिन्छ ।






