के गर्दैछन् ओबामा ? हेर्नुहोस् भिडियो


प्रकाशित मिति : माघ २६, २०७३ बुधबार

अमेरिकी राष्ट्रपतिको कार्यकाल समाप्त भएपछि बराक ओबामा अहिले के गरिरहेका छन् ? सबैको जिज्ञासाको विषय बन्न सक्छ । तर बराक ओबामा न त कतिपय अनलाइनले भनेजस्तो पुरानो साइकल चढेर हिडिरहेका छन् न त प्राइभेट कम्पनीमा जागिर गरिरहेका छन् । बरु उनी व्यस्त राष्ट्रपतिको कार्यकाल सकेर स्वतन्त्रतापूर्वक घुमफिर गरिरहेका छन् ।

यता ह्वाइटहाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प अनेकौं फाइलहरुले घेरिएर तनावपूर्ण दिनहरु विताइरहदा ओबामा भने आफ्ना तनावका दिनहरु सकेर घुमफिर गरिरहेका छन् । उनको अनुहारमा चमक फिर्ता भएको छ भने उनले आफूलाई रिचार्ज गरिरहेको देख्न सकिन्छ । कहिले बिलेनियर रिचार्ड ब्रान्सनसँग क्यारेबियनमा रमाइलो गरिरहेका छन् भने कहिले काइटबोर्डिंग कम्पिटिसन गरिरहेका छन् । रिचार्ड भर्जिन ग्रुपका संस्थापक हुन् जसको माताहतमा झण्डै ४ सय कम्पनीहरु छन् ।

केही दिन अगाडि ओबामा क्याप पछाडि फर्काएर विदाको मुडमा हिडिरहेका बिन्दास तस्विरहरु पनि सार्वजनिक भएका थिए । घुमफिरका क्रममा उनी पहिलेभन्दा जवान र खुशी देखिन्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com