गलबन्दी विवाद टुंगियो, शम्भु राईको संगीत र पुन संगीत सृजना प्रकाश सपुतको राख्ने सहमति


प्रकाशित मिति : असार ११, २०७६ बुधबार

शम्भु राईको पुरानो गीतको अंशमा लय मिल्न गएको निष्कर्षसहित अन्तत चर्चित गीत गलबन्दीको विवाद टुंगिएको छ । अब गीतको संगीतमा शम्भु राईको र पुन संगीत सृजनामा प्रकाश सपुतको नाम राख्न दुबै पक्ष सहमत भएका छन् ।

गीतबाट प्राप्त भएको रकम, प्रतिलिपी अधिकार र रोयल्टीमा भने शम्भु राईले कुनै पनि दावी गरेका छैनन् । जस अनुशार अब यो सबै अधिकार प्रकाश सपुतमा नै रहने सहमति भएको छ । डिजिटल प्लेटफर्महरुमा लय मिल्न गएको समस्या उत्पन्न भएमा दुबै पक्षले सहजिकरण गर्ने भएका छन् ।

यो सहमति पछि शम्भु राईले गलबन्दी गीतको सन्दर्भमा नेपाल प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यालमा दिएको आवेदन फिर्ता लिने भएका छन् । सहमतिपत्रमा शम्भु राई र प्रकाश सपुतले हस्ताक्षर गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com