विप्लव बन्दकाे : ठाउँ-ठाउँमा बम, शैक्षिक संस्था पनि बन्द


प्रकाशित मिति : असार ९, २०७६ सोमबार

प्रहरीले कार्यकर्ता हत्या गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले  आज नेपाल बन्द गरेको छ । बन्दका कारण काठमाडौँ उपत्यका सहित देशभरका जनजीवन प्रभावित भएको छ ।

बन्दको कारण राजधानीमा सार्वजनिक सवारी साधानहरु कमै चलेका छन् । अन्य बन्दका तुलनामा निजी सवारीसधानहरु सडकमा कम गुडेको छन् । उपत्यकाका निजी शैक्षिक संस्थाहरुले पठनपाठन नै बन्द गरेका छन् । यसकाे मनाेवैज्ञानिक त्रास बालबालिकामा पर्न सक्ने देखिन्छ । चोक-चोक प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

बन्दलाई प्रभावकारी बनाउन देशका विभिन्न स्थानबाट विप्लव समूहले बम राखेको समाचारहरु आएका छन् । अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरु सतर्क रहेकाे जनाइएकाे छ ।

असार ५ गते सर्लाही जिल्लाका संयोजक कुमार पौडेलको प्रहरीका गोली लागि मृत्यु भएको विरोधमा सो समूहले बन्दको आह्वान गरेको छ । सरकारले दोहोरो भिडन्तमा पौडेल मारिएको र उनीसँगबाट पेस्तोल बरामत भएको जनाएको छ । तर नेकपाले पौडेललाई पक्राउ गरेपछि हत्या गरिएको जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com