पार्टी एकताको समझदारीबाट पछि हट्न खोजे दुर्घटना : दाहाल


प्रकाशित मिति : असार ९, २०७६ सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् ।

नेकपा चितवनको शपथ ग्रहण कार्यक्रम र पहिलो बैठकलाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले सहमतिबाट लड्खडाउन थाल्दा र स्थार्थतिर केन्द्रित भएमा पार्टी एकतालाई प्रभाव पर्ने बताए ।

‘पार्टी एकता गर्दा जे जे कुरालाई आधार बनाएर समझदारी गरेका छौँ, हस्ताक्षर गरेका छौँ, दस्तावेजीकरण गरेका छौँ, उनले भने, ‘तिनबाट पछि पछि हट्न थाल्यौँ, कुनै न कुनै बहाना खोज्न थाल्यौँ भने त्योभन्दा दुर्भाग्यपूर्ण केही हुनै सक्दैन ।’ यो समाचार आजको नागरिक दैनिकमा सविता श्रेष्ठले लेखेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com