चेङदु, सिन्ह्वा) चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् । सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिबार ५.४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
घाइतेहरु सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरुमा लगिएको छ । घाइतेहरुमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्तजनक नभएको पनि उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । स्थानीय समय अनुसार शनिबार राति १०.२९ बजेतिर भूकम्प आएको चिनियाँ भूगर्भ केन्द्रले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।