साथीलाई बचाउन खोज्दा झण्डै गएन ज्यान, टाउको र पेटमा बोतल हानिएका शाही शख्त घाइते


प्रकाशित मिति : असार ७, २०७६ शनिबार

स्थानीय खेलाडी बीच भएको झगडा मिलाउन खोज्दा अर्घाखाँची धारापानीका २६ वर्षीय शम्भु शाही मरणासन्न हुने गरी कुटिएका छन् । आक्रमणबाट टाउको,हात र पेटमा गम्भिर चोट लागेका शाहीको  अहिले ललितपुरस्थित नेपाल मेडिसिटि हस्पिटलमा उपचार भैरहेको छ । झगडासाम्य भएपछि होटेलमा लुकेर बसेका ढाकाबाङका केही युवाहरुले शम्भु शाहीलाई पहिला बियरको बोतलले टाउकोमा हिर्काए र त्यहीँ फुटेको बोतलले पेटमा रोपेका थिए ।

घटनास्थलमा बोहोस् भएका शम्भु शाहीलाई स्थानीय जनता र प्रहरीको सहारामा जिल्ला हस्पिटल पुर्याईएको थियो । उनको त्यहाँ उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो । शाहीको अवस्था झनै नाजुक बन्दै गएपछि उपचारका लागि हेलिकप्टर चार्टर गरेर नेपाल मेडिसिटि ल्याइएको घाइतेका दाई पवन शाहीले जानकारी दिएका छन् ।
अहिले शाहीको अबस्था सुधार हुँदै गएको उपचारमा संलग्न डाक्टर सुनिल कुमार शर्माले बताए । शम्भुको पेटमा शिशाको टुक्रा भए नभएको हेर्न घाउ लागेको भन्दा अर्को ठाउँमा चिर्नु परेको थियो ।

घटना कसरी भयो ?

भूमिकास्थान नगरपालिका धारापानीस्थित ठूलाखर्क युथ क्लबले जेठ ३२ गते शनिवार क्रिकेट खेलको आयोजन गरेको थियो । खेल ठूलो थिएन । गाउँकै साथीभाई मिलेर खेलेका थिए । खेल खाकाबेंसीमा भएको थियो । खेलमा तोकिएको खेलाडी भन्दा नयाँ अनुहारदेखेपछि दुई टिमबिच सामान्य भनाभन भएको खेलमा सहभागी अनिल आचार्यले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनिल आचार्य तीनै स्थानिय खेलाडी हुन्, जसलाई बचाउन खोज्दा शम्भुलाई ६ जना मिलेर मरणासन्न हुने गरी कुटेका थिए ।

गाउँका खेलाडीबीच विवाद साम्य नहुँदा दुई दिनपछि मेलामा झडप भएको थियो । असार २ गते गाउँकै भूमिकास्थान मन्दिरमा जेठे पूर्णिमाको ठूलो मेला लागेको थियो । मेला हेर्न आएका क्रिकेट खेलाडी ढाकावाङका ६ जना युवाले अनिल आचार्यलाई मेलास्थलमै कुटपिट गरे । मेलामा साथीलाई कुटेको देखेपछि प्रहरीको सहयोगमा उनलाई शाहीले बचाएका थिए ।

केही समयपछि घटनास्थलभन्दा केही परको होटलमा खाजा खान लाग्दा पहिले मेलामा अनिललाई ज्यानलिने उद्देश्यले आक्रमण गरेको ६ जनाको समुहले प्रहरीको आँखा छल्दै शाहीलाई पछाडिबाट वियरको बोत्तलले टाउकोमा हानेको र त्यसपछि फुटेको त्यही बोत्तलले पेटमा रोपेको अनिलले बताएका छन् ।

उपचारमा लागेका उनका दाई पवन शाहीले भने ‘झगडा गर्नु हुँदैन भनेर छुट्टाउन जाँदा भाइको यस्तो हालत भयो, हामी अन्यायमा परेका छौँ, भाईको ती खेलाडीहरुसँग कुनै सम्बन्ध छैन, उ खेलाडी पनि होइन, काठमाडौंमा बसेर अहिले कोरियन भाषा पढ्दै छ । दुई दिन अघि मात्रै घर गएको थियो ।’

घटनाको बारेमा सुनाउँदै खेलमा सहभागी अनिल आचार्यले भने ‘ढाकावाङको टीमले नाम दर्ता भएका खेलाडी बाहेक बाहिरको मान्छे राखेपछि मैले किन बाहिरको राखेको भनेर सोधेको थिएँ, त्यसपछि झगडा भयो । पछि साम्य भएर खेल्यौं, खेलमा हामी पहिलो दिनमै दुई समुह पराजित भयौं ।’

‘मेलामा क्रिकेट खेलेका ढाकावाङका साथीले बोलाए । चिनेजानेकै गाउँकै साथीले बोलाएपछि म गएँ, एक्कासी अपरिचित व्यक्तिले क्रिकेट खेल्दा बढी बोल्ने भनेर टाउको र मुखमा हिर्काए, शम्भु र प्रहरीले झडपबाट बचाएर ल्याए, पछि होटलमा खाजा खाँन जाँदा शम्भुलाई पछिबाट बियरको बोत्तलले हिर्काए । शम्भुले क्रिकेट खेलेका थिएनन् । गाउँमा क्रिकेटको कुनै खेल प्रतियोगिता थिएन । गाउँका साथीभाई मिलेर टीम बनाएर खेल भएको थियो । गाउँका कोही पनि क्रिकेट खेलाडी थिएनन् । साथीभाई मिलेरै रमाइलाको लागि खेलिएको खेल थियो ।’ अनिलले भने ।

‘उनीहरु मेरो ज्यान लिने उदेश्यले आक्रमण गरेका रहेछन्,साथी र प्रहरीकोकारण मलाई त केही भएन,साथी यस्तो हालतमा छ,साथी अनाहकमा कुटिनु पर्यो ।’ उनले भने । घाइते साथी भेट्न अनिल अहिले काठमाडौँ आईपुगेका छन् ।

 ६ जना प्रहरी नियन्त्रणमा

शाहीलाई मरणासन्न हुने गरी कुटपिट गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको छ । घटना भएकै दिन ढाकावाङका नुमबहादुर गमाल र लिलबहादुर गमाललाई नियन्त्रणमा लिएको थियो । घटनापछि भाग्न सफल भएका बाबुराम गमाल, हिमबहादुर थापा गमाल, सुरजबहादुर थापा र छपबहादुर घर्तीलाई विहीबार गाउँबाटै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी प्रक्रिया अघि बढाइएको उनले बताए । तर, घटनामा संलग्न दोषीलाई बचाउन जिल्लाका केही पूर्वमाओवादीहरुले चलखेल गरिरहेका छन् । घटनामा संलग्नहरु नेकपाका समर्थक हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com