अष्ट्रेलियामा भारतीय रेष्टुरेन्टले स्पोन्सरसिपको आशा देखाएर आठ महिनासम्म तलब नदिएपछि ..


प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार

भारतका करणवीर सिंह २००७ मा अष्ट्रेलिया आएका थिए । यहाँ आएपछि उनले हस्पिटालिटी म्यानेजमेन्ट पढे । २०१४ मा विवाह गरेका उनका सन्तान पनि छन् ।

परिवार सहित अष्ट्रेलियामा बस्दै आएका करणवीरलाई गोल्ड कोस्टको भारतीय रेष्टुरेन्टमा जागिर मिल्यो । उनी फुल टाइम सेफको रुपमा काम गर्न थाले ।

३७ वर्षीय सिंहका अनुसार, काम गरेको तीन वर्ष भन्दा बढी भएपछि रेष्टुरेन्टले तलब दिन छोड्यो । उनले रेष्टुरेन्टको स्पोन्सरसिपमा भिसा एप्लाई पनि गरेका थिए । अर्को हप्ता दिने भन्दा भन्दै रेष्टुरेन्ट मालिकले तलब मागेमा स्पोंसरसिप फिर्ता लिने भन्दै आठ महिना देखि ब्ल्याकमेलिङ्ग गरेको उनले बताएका छन् ।

सिंहले ४५७ भिसामा रहेर काम गरिरहेका थिए र रेष्टुरेन्ट मालिकले इम्प्लोयर नोमिनेसन स्किम अन्तर्गत पीआरको लागि स्पोन्सरसिप गरिदिने आवश्वासन दिएका थिए । अहिले उनले जागिर छोडेका छन् र कम्पनी विरुद्ध फेयर वर्कमा निवेदन दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com