एनआरएनए अमेरिकाको ८ औ साधारण सभा सिकागोमा, तयारी पुरा


प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार

एनआरएनए अमेरिकाको जुलाई ६ र ७ तारिख सिकागोमा हुने ८ औ साधारण सभा तथा नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण कार्यक्रमको तयारी पुरा भएको छ । कार्यक्रम सफल बनाउन कार्यक्रमको कन्भेनर, कोकन्भेर, संयोजक लगायत सवै समितिका संयोजकहरु लगायत सदस्यहरु खटिरहेका छन ।

यस पटकको साधारण सभामा उपस्थित हुने सवै अतिथिहरुको लागी ५ तारिख बेलुका अमेरिकाभरिकै च्याप्टरहरुको संयुक्त आयोजनामा अतिथिहरुका लागी च्याप्टर रात्रीभोज हुने भएको छ । रात्रीभोजको संयोजन केन्टाकी च्याप्टरको सभापति दिलु पराजुलीले गरिरहेका छन । कार्यक्रमका कन्भेनर राधा पौडेलका अनुसार जुलाई ६ तारिख विहान खाजापछि अतिथिहरुको स्वागतसंगै उदघाटन कार्यक्रम हुने भएको छ । त्यस्तै १२ बजेदेखि १ बजेसम्म दिवाभोज र त्यस लगतै विधान संसोधन र निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहणको कार्यक्रम हुने भएको छ । कन्भेनर पौडेलका अनुसार बेलुकी हुने सास्कृतिक कार्यक्रममा सबैलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ । त्यस्तै ७ तारिखका दिन निर्वाचित नया कार्यसमितिहरु र च्याप्टरहरुको बैठकसंगै विभिन्न फोरमहरु हुने भएको छ ।

एनआरएनए अमेरिकाको ८ औ साधारण सभा तथा सपथ ग्रहण कार्यक्रम सफल बनाउन आयोजक समितिको हालैको निर्णय अनुसार विभिन्न तीन किसिमको दर्ता शुल्क निर्धारण गरिएको छ । नवनिर्वाचित मिडवेष्टका उपाध्याक्ष तथा कार्यक्रमको कोकन्भेनर बुद्धि सुवेदीले दिएको जानकारी अनुसार एनआरएनएका निर्वाचित, मनोनित लगायत सवै एनआरएनहरुको लागी १ सय डलर , मिडवेष्टको स्वयमसेवकको लागी ५० डलर र इलिनोइजको स्थानीय बासिन्दाहरुको लागी खाना बाहेकको १० डलर दर्ता तोकिएको छ ।

‘प्रवासमा रहेको हामी सवैको यो साझा सस्थाको यो महत्वपुर्ण कार्यक्रममा उपस्थित भई सहयोग पु¥याउन सवैलाई हार्दिक अनुरोध गर्दछु’ एनआरएनए अमेरिकाको अध्यक्ष डा केशव पौडेलले बताए । एनआरएनए अमेरिकाको विधान संसोधन हुने कार्यक्रम आफैमा महत्वपुर्ण भएको र नवनिर्वाचित पदाधिकारीहरुको सपथ र पदहस्तन्तरण हुने भएकोले पनि यो साधारण सभालाई हामी सवैले विशेष रुपमा लिएका छौ ’ बोर्डका बरिष्ठ उपाध्याक्ष तथा नवनिर्वाचित अध्यक्ष सुनिल शाहले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार यो कार्यक्रम आफैमा महत्वपुर्ण भएकोले कार्यक्रममा नेपाल सरकारको पुर्व उपप्रधानमन्त्रि विजय गच्छेदार, एनआरएनए आइसिसिका अध्यक्ष्ँ भवन भट्ट र उपाध्याक्ष कुल आचार्य लगायत अन्य एनआरएनएकर्मिहरुको उपस्थिति हुने भएको छ । ‘यो कार्यक्रममा हामीले सवैलाई निम्तो दिइसकेका छौ यदि कसैले नपाएको खण्डमा कृपया यसैलाई निम्तो ठानी सबैको उपस्थितिको लागी हुन हार्दिक आग्रह गर्दछु ’ महासचिव तथा नवनिर्वाचित उपाध्याक्ष विआर लामाले बताए । सिकागोमा हुन लागेको यो महत्वपुर्ण कार्यक्रमको सम्पुर्ण तयारी पुरा हुनुको साथै होटलका कोठाहरु धमाधम बुकिङ भइरहेको जानकारी कार्यक्रमको होष्ट च्याप्टरका अध्यक्ष एवं नवनिर्वाचित बोर्ड अफ डाइरेक्टर सत्य चौधरीले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com