महिलामाथि मध्यरातमा छुरा प्रहार गरि विभत्स हत्या


प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार

महोत्तरीमा एक महिलाको सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरि हत्या भएको छ । गौशाला नगरपालिका वडा नं. १० भरतपुर स्थित माइतिमा बस्दै आएकी अन्जु कुमारी श्रेष्ठको हत्या भएको हो ।

बिहीबार मध्यरातमा महिला चिच्याएको आवाज आएपछि ब्युँझेका स्थानीयले हेर्दा घाईते अवस्थामा भेटिएकी अञ्जुलाई तत्काल उपचारको लागि अञ्चल अस्पताल जनकपुर लगिएको थियो । उपचारकै क्रममा शुक्रवार बिहान ४ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गौशाला लगिएकोमा त्यहा उपचार सम्भव नभएपछि अञ्चल अस्पताल जनकपुर लगिएको थियो। अञ्जु निर्धन उत्थान विकास बैंंक गौशालामा कार्यरत थीइन् ।

बुवाआमा र दुई सन्तान सहित सुतिरहेकी अञ्जुमाथि छुरा प्रहार भएको थियो । उनको हत्या कसले र किन गरेको हो भन्ने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

शव अञ्चल अस्पताल जनकपुरमा राखिएको छ । मृतक महिलाको श्रीमानले विष्णु कुमार श्रेष्ठले अर्को विहे गरेपछि अञ्जु लामो समयदेखि माइति मै आएकी थीइन् ।

प्रहरीले घटना घटेलगत्तै सो क्षेत्रमा चोर तथा हत्याराहरुको व्यापक खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com