अमेरिकाको विद्यार्थी भिसा शुल्कमा भारी वृद्धि


प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार

अमेरिकी सरकारले त्यहाँ पढ्न जाने विद्यार्थी भिसामा ७५ प्रतिशत शुल्क बढाएको छ । यो नियम जुन २४ देखि लागू हुनेछ ।

अमेरिकी सरकारको डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्युरिटीले वृद्धि गरेको नयाँ शुल्क दरानुसार विद्यार्थी भिसाको आइ ९०१ सेभिज शुल्कमा १ सय ५० डलर बढाएर ३ सय ५० डलर पुर्‍याइेको छ ।

त्यसैगरी अमेरिकी सरकारले घर गृहस्थी, शिविर परामर्शदाता र समर कार्ययात्रा कार्यक्रम बाहेक अन्य प्रयोजनका लागि जे भिसामा त्यहाँ जानेको आइ ९०१ सेभिज शुल्कमा पनि ४० डलर बढाएर २ सय २० डलर पुर्याएको छ । यसका साथै अन्य क्षेत्रमा पनि भारी शुल्क वृद्धि गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com