त्रिभुवन विश्वविद्यालयका कर्मचारी आफ्नो बढुवा आफैले गरे 


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र ? धेरैको उत्तर हुन्छ– सक्दैनन्। तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन्।

पदमा बस्यो, नियम आफूअनुकूल बनायो अनि बढुवा भइहाल्यो। लामो समयदेखि त्रिवि यस्तै बेथितिको मारमा गुज्रिरहेको छ। त्रिविका तीन रजिस्ट्रार पदमै रहेका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन्।

सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन्। यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकूल नियम परिवर्तन गरेर बढुवा भएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com