पीआरको म्याद अनिश्चिकालिन बनाउने बिल सदनमा, पारित हुने निश्चित


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

विदेशीहरुलाई अनिश्चिकालिन पीआर दिलाउने एउटा विधेयक रुसको संसदमा विचाराधिन अवस्थामा रहेको छ । यो विधेयक पारित भएमा आप्रवासीहरुले रोजगारबाहेकका अन्य तरिकाबाट पाउने रुसको स्थायी बासिन्दा अनुमतिपत्रमा उल्लेख्य परिवर्तन हुनेछ ।

हाल रुसमा आप्रवासीहरुलाई ५ बर्षको अवधिको पीआर प्रदान गरिदै आएकोमा यो विधेयक पारित भएमा अनिश्चितकालका लागि पीआर प्रदान गरिनेछ । आप्रवासीहरुलाई अस्थायी बासिन्दाको अनुमतिपत्र टीआर नलिइकनै पीआर लिनका लागि थप श्रेणीहरुसमेत उपलब्ध गराइनेछ । पीआर पाउन लाग्ने अवधि पनि कम गरिनेछ ।

यो विधेयक पारित भएर अबको केही महिनामा कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । पारित भएको ९० दिनभित्र यो विधेयक कार्यान्वयनमा आउने जनाइएको छ ।

 

अहिलको नियमले पीआर अनिश्चितकालका लागि नविकरण गर्न अनुमति दिने भएपनि नयाँ नियमपछि आप्रवासीले १४, २० र ४५ बर्षको उमेरमा मात्र पीआरको नविकरण गर्नुपर्नेछ । वैवाहिक स्थीति वा नाम परिवर्तन लगायतका व्यक्तिगत विवरणहरु परिवर्तन गर्नुपरेमा पनि नविकरण गर्नुपर्नेछ ।

६ महिनासम्म रसियामा काम गरेका डाक्टर, इन्जिनियर, प्राविधिक पेशाकर्मी लगायतले पनि अस्थायी बसोबासको अनुमतिपत्र टीआर विना नै पीआरका लागि आवेदन दिनसक्ने गरी आप्रवासीका लागि श्रेणीहरु थपिनेछ । रसियामा टीआर हुनेले जहाँबाट आवेदन दिइएको हो त्यही बस्ने र काम गर्ने अनुमति प्राप्त गर्छन् तर पीआर हुनेले रसियाको जुनसुकै स्थानमा बसेर काम गर्न सक्नेछन् ।

नयाँ नियम पारित भएमा रसियाको पीआर लिन चाहनेहरुले आवेदन दिएको चारदेखि ६ महिनाभित्र पीआर प्राप्त गर्नसक्ने जनाइएको छ । टर पीआर वा टीआर प्राप्त व्यक्तिले बर्षमा कम्तीमा ६ महिना रसियामा नै बसोबास गर्नुपर्नेछ । अहिलेको नियममा भने अमेरिकी ग्रिनकार्डजस्तै रसियाको पीआर वा टीआर पाउने व्यक्तिले एकपटकमा देशबाहिर ६ महिनाभन्दा बढी बस्न नपाउने प्रावधान छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com