न्युयोर्कमा मानसिक सन्तुलन बिग्रेका एकजना होमलेस नेपालीको ट्रेन स्टेशनबाट उद्दार


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

न्युयोर्कको सेभेन ट्रेन स्टेशनबाट एकजना अन्दाजी ४० बर्षका नेपालीको उद्दार गरिएको छ । न्युयोर्कका नेपालीहरु किरण नगरकोटी, सोनाम घिसिङ र राजन गुरुङले घाइते अवस्थामा रहेका ती व्यक्तिलाई ट्रेन स्टेशनबाट उद्दार गरेका हुन् ।

नेपालको पोखरा स्थायी घरभई अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका क्षेत्री थरका ती नेपालीलाई उपचार गरेर नेपाल फिर्ता पठाइदिनका लागि गोफण्डमीमा सहयोग संकलन अभियान सुरु गरिएको छ ।

एकसाता अगाडि न्युयोर्कको ज्याक्सनहाइटमा एकजना नेपाली युवाले नै उनलाई मरणासन्न हुनेगरी कुटेपछि उनी ट्रेन स्टेशनमा बस्दै आएको उद्दार गरिएका व्यक्तिले बताएका छन् ।

उनका अनुशार सोसल सेक्युरिटी कार्ड, स्टेट आईडी र अमेरिकी पासपोर्ट समेत चोरी भइसकेको छ । उनको नेपालमा रहेको परिवारलाई सम्पर्क गरेर एकसाताभित्र नेपाल पठाउनका लागि ६ हजार डलर संकलनको लक्ष्यसहित राहत संकलन सुरु गरिएको छ ।

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com