अष्ट्रेलियामा एक युवकले आफ्नी गर्लफ्रेन्डलाई अर्को युवकले चुरोट दिएको रिसमा गोली चलाए


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

अष्ट्रेलियाको एडलेडमा एक युवकलाई अदालतले २१ महिनाको जेल सजाय सुनाएको छ । अरुको घरमा अन्धाधुन्ध गोली चलाएका कारण उनलाई उक्त जेल सजाय तोकिएको हो ।

स्टेफन गवलिककी गर्लफ्रेन्डलाई अर्का एक परिचित युवकले एउटा चुरोट दिएका थिए । जब ती गर्लफ्रेन्डले स्टेफनलाई उक्त कुरा बताईन्, उनी रिसाए । उनी यतिसम्म रिसाए की ती युवकको घर अगाडी गएर घरको झ्याल तिर गोली चलाउन थाले ।

उनले घरको झ्यालतिर पाँच राउण्ड र हलतिर चार राउण्ड गोली चलाएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com