नेपाली बजारमा सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलाको ६४ हजार


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

यसअघिको रेकर्डलाई तोड्दै आज नेपाली बजारमा छापा वाला सुन प्रतितोला ६४ हजार पुगेको छ । यसअघि २०७० साल भाद्र १२ गते सुन ६३ हजार ३ सयमा सबैभन्दा उच्च मुल्यमा कारोबार भएको थियो ।

त्यसपछि २०७५ फागुन ८ मा पनि सोहि मुल्यमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले लोकपथलाई जानकारी दिएको छ ।

आज तेजावी सुन प्रतितोला ६३ हजार सात सयमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com