वरिष्ठ उपरीक्षक, उपरीक्षक, नायब उपरीक्षक सहित २१ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै पदोन्नति भएका प्राविधिकतर्फका प्रहरी अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

गृह मन्त्रालय असार ३ गतेको निर्णयले प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका एक, प्रहरी उपरीक्षकमा पदोन्नति भएका आठ, प्रहरी नायब उपरीक्षकमा पदोन्नति भएका सात, प्रहरी निरीक्षकमा पदोन्नति भएका पाँच गरी २१ जना प्रहरी अधिकृतलाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उहाँले दज्र्यानी चिह्न प्र्रदान गर्नुभएको हो ।

पदोन्नति भएका अधिकृतमध्ये नेपाल प्रहरी अस्पताल, प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालय, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र केनाइन महाशाखाअन्तर्गतका छन् । सो अवसरमा उहाँले सङ्गठनको सोंच र राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न व्यावसायिक भावनाका साथ काम गर्न निर्देशन दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले व्यक्तिगत आचरण, व्यवहार र हरेकको व्यक्तित्व झल्काउने भएकाले सङ्गठनको गौरवपूर्ण इतिहासलाई बिर्साउने गरी गलत सपना बोकेर नहिँड्नसमेत प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यालयका लागि जग्गाप्राप्ति, भौतिक संरचना निर्माण, कर्मचारीको वृत्तिविकासमा पहल र निष्ठापूर्वक गर्वकासाथ काम गर्ने वातावरण निर्माणमा उपलब्धि हासिल भएको उल्लेख गर्दै दृढ इच्छाका साथ काम गर्नुपर्ने थप आवश्यकता रहेको औँल्याउनुभयो ।

उहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सबै मिलेर समुदायमा जानुपर्ने चर्चा गर्दै यसबाट साधन स्रोत परिचालन गर्न, हरेक चुनौतीको सामना गर्न सजिलो हुने उल्लेख गर्नुभयो । पदोन्नति हुनुभएका प्रहरी वरिष्ठ उपरीक्षक राकेशकुमार सिंहले सङ्गठनप्रति अझ बढी समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com