निर्वाचन नहुनेमा आशंका नगर्न प्रधानमन्त्री प्रचण्डको आग्रह


प्रकाशित मिति : माघ २५, २०७३ मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नहुनेमा आशंका नगर्न आग्रह गर्नुभएको छ ।  प्रधानमन्त्री प्रचण्डले निर्वाचनको लागि सरकार र निर्वाचन आयोगले तयारीका साथ निर्वाचन गर्ने विषयमा केन्द्रित भएको भन्दै द्विविधामा नपर्न सबैलाई आग्रह गर्नुभएको हो ।

निर्वाचन आयोगको कार्यालयमा ३२ राजनीतिक दलका प्रमुखहरुको सहभागितामा भएको कार्यक्रममा आगामी निर्वाचनमा विद्युतीय मतदान मेसिनको प्रयोग गर्नुको बिकल्प नरहेको प्रधानमन्त्रीको भनाइ थियो । आयोगको कार्यालयमा भएको छलफलमा विद्युतिय मतदानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे छलफल समेत भएको थियो ।

छलफलको क्रममा प्रधानमन्त्री प्रचण्ड, एमाले बरिष्ठ नेता माधव नेपाल, संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईलगायतले नमुना मतदान समेत गर्नुभएको थियो ।

आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले अबको निर्वाचन पेपरलेस हुने भन्दै त्यसको लागि निर्वाचन तयारी गरिरहेको उहाको भनाइ थियो । पहिलो जस्तो कागजपत्रमा भोटिङ गर्दा लागत, समय र धादली हुने संम्भवाना बढि हुने हुदा बिद्युिितय मेसिको प्रयोग गर्ने सबै राजनितिक दलहरुबिच सहमती हुन आवह्यक रहेको बताउनुभयो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com