नौमती र पञ्चेबाजा संरक्षणमा युवा


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

kf]v/f dxfgu/kflnsf–!! ;fljs sfFx’df u7g ul/Psf] sfFx’ b]p/fnL k~r]afhf ;d”xsf ;b:ox? . !* b]lv $) jif{;Ddsf o’jfx? ;d”x u7g u/]/ cfkmgf] k’vf]{nL k]zf k~r]afhf ;+/If0fdf h’6]sf 5g . t:jL/ M s[i0f bjf8L,/f;;,sf:sL

विवाह व्रतबन्ध पूजालगायत शुभकार्यमा बजाउने परम्परागत नौमती र पञ्चेबाजा पछिल्लो समय लोप हुँदै गएपछि चितवनका युवाहरु यसको संरक्षणमा जुटेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–७ स्याङ्दीका आदिवासी जनजाति समुदायका १५ युवा समूह नै गठन गरी नौमती र पञ्चेबाजा संरक्षणमा जुटेका हुन् ।

विशेषगरी दलित समुदायले पछिल्लो समय नौमती पञ्चेबाजा बजाउन छाड्दै गएकाले यसको संरक्षणका लागि बाजा बजाउन शुरु गरिएको नयाँबारी साङ्केतिक समूहका अध्यक्ष रामलाल तामाङले बताउनुभयो ।

तामाङले भन्नुभयो, “पछिल्लो समय दलित समुदायले गाउँघरमा नौमती पञ्चेबाजा बजाउन छाड्दै गएको छ, गाउँमा विवाहव्रतबन्ध पूजालगायत शुभकार्यमा बाजा बजाउने समूहको अभाव भएको छ, त्यसैले यसको अभाव परिपूर्ति गर्न र संस्कृतिको जगेर्नाका लागि हामी जुटेका हौँ ।” एक वर्षदेखि बाजा बजाउँदै आएको समूहमा तामाङ, गुरुङ र मगर जातिका युवा रहेको अध्यक्ष तामाङले बताउनुभयो ।

अहिले आफ्नो समूहलाई बाजा बजाउनका लागि धेरै ठाउँबाट बोलाउने हुँदा भ्याउनै मुस्किल परेको उहाँको भनाइ छ । लोप हुनलागेको पञ्चेबाजाको संरक्षणमा जुटेर नमूनाकार्य गरेको भन्दै गाउँपालिकाले पनि सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो । गाउँपालिकाले प्रोत्साहनका लागि समूहलाई बाजा खरीद तथा पोशाकका लागि सहयोग गर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिले–पहिले नेपाली समाजमा शुभविवाह, व्रतबन्ध, पूजाजस्ता शुभकार्यमा नौमती पञ्चेबाजा अनिवार्यजस्तै बजाउने गरिन्थ्यो भने दलित समुदायले पेशाका रूपमा बजाउँदै आएका थिए । पछिल्लो समय दलित समुदायले बजाउन छाड्दै जाँदा ती शुभकार्यमा नौमती पञ्चेबाजाको स्थान डेक र ड्रमबाजाले लिन थालेका थिए । तर पुनः नेपाली समुदायबीच शुभकार्यमा नौमती र पञ्चेबाजाको माग बढ्न थालेपछि अन्य समुदायकाले पनि यो बाजा बजाउन थालेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com