सिरियामा सरकारी फौज र जिहादी समूहबीच भिडन्तमा ४५ लडाकू मारिए


प्रकाशित मिति : असार ३, २०७६ मंगलबार

सिरियाली सरकारी फौज र जिहादी समूहबीच उत्तरपश्चिम सिरियामा भएका पछिल्ला भिडन्तमा कम्तीमा ४५ जना हतियारधारीको मृत्यु भएको छ ।
हामा प्रान्तमा हायात तहरिर अल–शाममा आबद्ध लडाकूहरुले मङ्गलबार बिहानै सरकारी फौजमाथि आक्रमण गरेको सिरियाली मानव अधिकार अब्जरभेटरीले जनाएको छ ।

भिडन्तमा सरकारी फौजतर्फ कम्तीमा १४ जनाको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।
अब्जरभेटरीका प्रमुख रामी अब्दुल रहमानले सरकारी फौजले विद्रोहीको आक्रमणलाई निस्तेज बनाएको जानकारी दिनुभयो ।

उत्तरी हामा र छिमेकी इडलिब प्रान्तमा सरकारी फौजबाट हुने हवाई आक्रमण २४ घण्टायता रोकिएका थिए । तर सरकारी फौजमाथि आक्रमण भएलगत्तै हवाई आक्रमण शुरु भएका छन् ।

हवाई आक्रमणबाट दक्षिणी इडलिबमा एक जना नागरिकको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।
गत आइतबार अलेप्पोमा सरकारी फौजको नियन्त्रणमा रहेको क्षेत्रमा हप्तार विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणबाट १२ जनाभन्दा बढी नागरिकको ज्यान गएको थियो ।
(रासस/एएफपी)

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com