नरसंहारको भिडियो अनलाइनमा राख्नेलाई २१ महिनाको जेल सजाय


प्रकाशित मिति : असार ३, २०७६ मंगलबार

न्यूजील्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसंहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिनाको जेल सजाय दिइएको छ ।

नवनाजीका चित्र एवं बिम्ब पोस्ट गर्ने ४४ वर्षीय फिलिप आप्र्स नाम गरेका व्यक्तिले विवादास्पद एवं आपत्तिजनक सामग्री वितरण गरेको भन्दै दोषी ठहर गरिएको छ ।

क्राइस्टचर्चको जिल्ला अदालतका न्यायाधीश स्टेफेन ओ–ड्रिस्कोलले बुधबार आप्र्समाथि सजाय सुनाउनुभएको थियो । अदालतमा आप्र्सले अनलाइनमा भिडियो राखेकामा आफूलाई कुनै पश्चाताप नभएको बताएका थिए ।

क्राइस्टचर्चको मस्जिदमा भएको आक्रमणमा ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै अरु केही घाइते भएका थिए ।
रासस/सिन्ह्वा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com