बन्द भयो हायात होटल


प्रकाशित मिति : असार २, २०७६ सोमबार

काठमाडौँ  बौद्धस्थित  हायात होटल बन्द भएको छ । सरकारी लगानी रहेको पब्लिक कम्पनी ‘तारा गाउँ रिजेन्सी होटल्स लिमिटेड’को स्वामित्वमा रहेको होटल हायात कर्मचारीको आन्दोलनका कारण बन्द गुर्न परेको व्यावस्थापन पक्षको भनाई छ ।

तारा गाउँ रिजेन्सी होटल्स मजदुर युनियनले चार दिनदेखि विभिन्न माग राखेर आन्दोलन गरेपछि व्यवस्थापन पक्षले   होटल चलाउन सक्ने स्थिति नभएको भन्दै   होटल बन्द गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

व्यवस्थापनले गैरकानुनी हडताल र नारा जुलुसका कारण होटलका सम्पूर्ण सेवा र प्रशासनिक काम कारबाही प्रभावित भएर होटल बन्द गर्नु परेको जानकारी गराएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । होटल बन्द भएपछि सयौँ मजदुरको बिचल्ली भएको छ ।

४० प्रतिशत सरकारी सेयर रहेको कम्पनीमा सञ्चालकहरूको चलखेलका कारण सरकारी सेयर जम्मा १० प्रतिशतमा खुम्चिएको थियो । स्रोतका अनुसार सञ्चालकहरूले चलखेल गरेर सरकारको स्वामित्वमा रहेको सेयर समेत आफ्नो बनाउन होटेल बन्द गर्ने योजना बनाएका थिए । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com