अमेरिकामा ग्रिनकार्ड र नागरिकताको ब्याकलग चर्को भएपछि कम गर्न राष्ट्रीय रणनीति लागु गरिदै


प्रकाशित मिति : असार २, २०७६ सोमबार

अमेरिकामा ग्रिनकार्ड र नागरिकता आवेदनको ब्याकलग चर्को भएपछि युएससीआईएसले उक्त ब्याकलग कम गर्न राष्ट्रीय रणनीति बनाएर लागु गर्ने भएको छ । नागरिकताको आवेदन फर्म एन ४०० र ग्रिनकार्डको आवेदन आई ४८५ को निर्णयमा ढिलाई हुँदा आवेदकले निकै लामो समय कुनुपर्ने बाध्यता भएको छ ।

युएससीआईएसले लोकेशनका आधारमा आवेदनमा प्रकृयाका लागि लाग्ने समय कम गर्ने विशेष कदम चाल्ने जनाएको छ । कुनै कुनै फिल्ड अफिसमा धेरै आवेदन र कुनैमा कम भएपछि त्यसलाई सन्तुलित गर्न अब आवेदकलाई सामान्य क्षेत्राधिकार बाहिरको फिल्ड अफिसमा समेत अन्तरवार्ताका लागि बोलाउन सकिने भएको छ ।

त्यस्तै कुनै थप कागजात आवश्यक परेमा वा अन्तरवार्ताका लागि साधारण क्षेत्राधिकार बाहिरको युएससीआईएसको फिल्ड अफिसबाट पत्र आउनसक्ने भएपनि अप्वाइन्टमेन्टका लागि सकभर पायक पर्ने स्थानमा नै तोकिने युएससीआईएसले जनाएको छ । सन् २०१५ को तुलनामा युएससीआईएसमा ग्रिनकार्ड र नागरिकता आवेदनमा निर्णय गर्नका लागि लाग्ने समय निकै बढेको छ ।

उदाहरणका लागि न्युयोर्कको लङ आइल्याण्ड सिटीमा नागरिकताको आवेदनमा निर्णयका लागि साढे ६ महिनादेखि साढे १२ महिनासम्म लाग्ने गरेको छ भने म्यानहटनमा साढे १३ देखि २५ महिनासम्म लाग्ने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com