भारतमा २८ किसिमका अमेरिकी सामानमा करवृद्धि


प्रकाशित मिति : असार १, २०७६ आईतबार

भारतले २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ । अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन् । भारतीय केन्द्रीय राजश्व तथा भन्सार बोर्डका अनुसार अमेरिकाबाट आयात हुने बदाम, स्याउ र ओखर समेतका सामानमा करवृद्धि गरिएको छ ।

भारत र अमेरिकाबीच पछिल्लो समय आपसी सम्बन्ध निकै प्रगाढ रहेको भनिए पनि दुबै देशले एकअर्का मुलुकका सामानमा करवृद्धि गरेका छन् । तैपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सामानलाई भारतीय बजारमा सहज पहुँच नभएको र भारतले कृषि लगायतका कतिपय क्षेत्रमा ठूलो मात्रामा अनुदान दिएर प्रतिस्पर्धी क्षमता कमजोर पारेको आरोप लगाउँदै आउनुभएको छ । भारतले अमेरिकी सामानमा १२० प्रतिशतसम्म करवृद्धि गरेको छ ।

आगामी जुन २८–२९ मा जापानको ओशाकामा हुने २० औद्योगिक राष्ट्रहरुको सम्मेलनका क्रममा पनि करवृद्धिका विषयमा भारत र अमेरिकी नेताहरुबीच छलफल हुन सक्नेछ । सरकारी विवरण अनुसार भारतसँग अमेरिकी वस्तु तथा सेवाको व्यापार सन् २०१८ मा करिब एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रहेको छ । भारतसँग अमेरिकी व्यापार घाटा करिब २४ अर्ब अमेरिकी डलर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रासस/एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com