अमेरिकामा एसाइलम खोज्नेले आफ्नै देशमा रहेको दूतावासमा आवेदन दिनुपर्ने बिल सदनमा


प्रकाशित मिति : असार १, २०७६ आईतबार

अमेरिकामा एसाइलम खोज्नेले आफ्नै देशमा रहेको अमेरिकी दूतावासमा आवेदन दिनुपर्ने प्रावधान सहितको विधेयक अमेरिकी संसदमा पेश भएको छ । सिनेटर लिन्ड्से ग्राहमले सिनेटमा पेश गरेको उक्त विधेयकमा एसाइलमको प्रकृयामा ब्यापक परिवर्तनको प्रस्ताव गरिएको छ ।

अमेरिकाको दक्षिणी सिमामा आएर नभई मेक्सिको वा सम्बन्धित देशमा रहेको कन्सुलेटमा एसाइलमको आवेदन दिनुपर्ने, कागजपत्रविहिन बालबालिकाहरुलाई २० दिनबाट बढाएर एकसयदिनसम्म जेलमा राख्न पाउने र अभिभावकविनाका बालबालिकाहरुलाई मध्य अमेरिकामा देशनिकाला गर्न सहज बनाउने विषय विधेयकमा छ । त्यस्तै अमेरिकी अध्यागमन अदालतको ब्याकलग हटाउन ५ सय अध्यागमन न्यायाधिसलाई आब्हान गर्ने विषय पनि विधेयकमा छ ।

अमेरिकामा ट्रम्प प्रशासनले लगातार एसाइलममाथि आक्रमण गरिरहेको बखत रिपब्लिकन सिनेटरले यस्तो बिल सिनेटमा ल्याएका हुन् । यद्यपी डेमोक्र्याट्सहरुको बहुमत रहेको प्रतिनिधिसभाबाट भने यो विधेयक पारितहुने सम्भावना देखिन्न ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com