विहिबार यस्तो अध्यागमन योजना सार्वजनिक गर्दैछन् ट्रम्पले


प्रकाशित मिति : असार १, २०७६ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बिहिबार अध्यागमन सम्बन्धि विशेष योजना सार्वजनिक गर्ने भएका छन् । सिमा सुरक्षाको विषय र मेरिटमा आधारित अध्यागमन प्रणाली समेटिएको उक्त योजनाले अति दक्ष र उच्च शिक्षा हासिल गरेकाहरुलाई प्राथमिकता दिने जनाइएको छ ।

बुधबारमात्र सिनेटर लिन्ड्से ग्राहमले एसाइलमको प्रकृयालाई बदल्ने एउटा बिल सदनमा पेश गरेका थिए । ह्वाइट हाउसको प्रस्ताव कानुन बन्नका लागि डिजाइन नगरिएको भन्दै उनले सदनमा बिल पेश गरेका थिए ।

ह्वाइटहाउसको प्रस्तावका पछाडि राष्ट्रपतिका बरिष्ठ सल्लाहकार जारेड कुश्नेरले काम गरिरहेका छन् । विभिन्न ६ वटा उद्देश्यहरु सहित उक्त प्रस्ताव तयार गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिमा सुरक्षा, अमेरिकी ज्यालाको संरक्षण, उच्च क्षमता भएका आप्रवासीहरुलाई आकर्षण, संकटग्रस्त उद्योगमा श्रम, नजिकका परिवारको आप्रवासन र मानवीय मुल्यको संरक्षण जस्ता विषयहरु प्रस्तावमा छन् । तर नयाँ प्रस्तावमा बाल्यकालमा अमेरिका आउने काजपत्रविहिनको विषय भने नसमेटिएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com