ट्वाइलेट क्लिनर मिसाउने पानीपुरीवालालाई ६ महिना जेल


प्रकाशित मिति : माघ २४, २०७३ सोमबार

पानीपुरीमा ट्वाइलेट क्लिनर मिसाएर बेचेको पुष्टी भएपछि एकजना पानीपुरीवालालाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । गुजरातको लाल दर्वाजामा पानीपुरी बेच्ने एकजनालाई शनिवार विशेष अदालतले ६ महिनाको जेल सजाय सुनाएको हो ।

अहमेदावाद नगर कर्पोरेशनले ती पानीपुरीवालाबिरुद्ध मुद्दा दायर गरेको थियो । स्थानीयवासिन्दाले पानीपुरीवालाले पानीमा केही मिसाएको भन्दै उजुरी गरेपछि अदालतमा मुद्दा दायर गरिएको थियो ।

पानीपुरीवालाको पानीपुरी बनाउने झोल खाद्य ल्याबमा परिक्षण गर्दा ट्वाइलेट क्लिनर मिसाएको पुष्टी भएको थियो । पानीपुरीमा ओक्सालिक एसिड भेटिएपछि अदालतले पानीपुरीवालालाई दोषी ठहर गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com