आप्रवासीको बण्ड सुनुवाईबारे ट्रम्प प्रशासनबिरुद्ध मुद्दा दायर

अध्यागमन जेलमा राखिएका आप्रवासीहरुलाई धरौटीमा रिहा गर्नमा समस्या भएको भन्दै ट्रम्प प्रशासनबिरुद्ध मुद्दा दायर गरिएको छ । सरकारले आप्रवासीहरुलाई धरौटीमा रिहा हुने मौका नदिइकनै गैरकानुनी रुपमा जेलमा राखेको भन्दै अमेरिकन सिभिल लिबर्टीज युनियनले मुद्दा दायर गरेको हो ।

धरौटीको सुनुवाईमा आप्रवासीले आफू समाजका लागि खतरा नभएको र भाग्ने सम्भावना नरहेको प्रमाणित गर्नुपर्ने व्यवस्थाले संविधानको उल्लंघन गरेको भन्दै मुद्दा दायर गरिएको हो । उक्त कुरा प्रमाणित गर्न नसक्दा कैयन आप्रवासीहरु जेलमा बस्नुपरेको जनाइएको छ ।

मुलुकमा कुनै पनि व्यक्तिलाई जेलभित्र राख्नका लागि सरकारको त्यसको कारण प्रमाणित गर्न सक्नुपर्ने भएपनि आप्रवासीको सन्दर्भमा त्यो लागु नभएको अधिकारकर्मीहरुको दावी छ । आप्रवासीलाई जेलमा राख्नुपर्नाको कारण प्रमाणित गर्ने काम सरकारको भएको अधिकारकर्मीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com