प्रेमीद्वारा तेजाब प्रहार, उपचारको क्रममा प्रेमिकाको मृत्यु


प्रकाशित मिति : माघ २४, २०७३ सोमबार

राधेश्याम विश्वकर्मा /रुपन्देहीमा एक प्रेमीले प्रेमिकालाई तेजाब प्रहार गरि हत्या गरेको पुष्टि भएको छ । आईतबार राती धादिङ नौबिसेका २८ बर्षिय सुनिल कोईरालाले प्रेमिका नवलपरासी गैडाकोट नगरपालिका वडा नं.५ बस्ने २७ बर्षिय तुल्सा सापकोटालाई तेजाब खन्याई हत्या गरेको रुपन्देही प्रहरीले जनाएको हो ।

३ बर्षदेखि संगै बस्दै आएका दुवैजना आईतबार रुपन्देहीको बुटवलस्थित मेरी डियन होटलको कोठा नं १ सय ३ मा बसेका र राती सुनिलले प्रेमिका तुलसालाई तेजाब खन्याएको रुपन्देही प्रहरी प्रवक्ता बेल बहादुर पाण्डेले जानकारी दिए ।

तेजाब प्रहारबाट गम्भीर घाईते तुलसालाई उपचारका लागी बुटवलकै लुम्बिनी अंचल अस्पतालमा लगिए पनि त्यहा उपचार हुन नसकेपछि भैरहवा स्थित मेडिकल कलेजमा लगिएको थियो ।

उपचारकै क्रममा तुल्साको सोमबार दिउँसो करिब १२ बजे मृत्यु भएको प्रहरी प्रवक्ता पाण्डेको भनाई छ । ‘होटलमा संगै बसेर दुवै जनाले मदिरा सेवन गरेको र हत्या गर्ने मनसायले नै तेजाब प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’ पाण्डेले भने । अभियुक्त कोईरालालाई पक्राउ गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com