राहदानी विभागमा नयाँ प्रविधिको प्रयोग, हट्यो लाइन बस्नुपर्ने बाध्यता


प्रकाशित मिति : माघ २४, २०७३ सोमबार

विनोद विश्वक/ दैनिक हजारौंको लाइन देखिने राहदानी विभागमा नयाँ प्रविधि प्रयोगपछि लाइन बस्नुपर्ने बाध्यता हटेको छ । लाइनमा बसेर राहदानी बनाउदा प्रहरीको लाठी समेत खानु परेको विगत सबैले सम्झिरहेकै छन, तर पछिल्लो समयमा भने विगतको भीडभाड र अस्तव्यस्ततामा पूर्णविराम लागेको छ ।

राहदानी विभागले कार्यालय खुल्ने समयमा परिवर्तन र नयाँ प्रविधि प्रयोगमा ल्याएपछि छिटो काम हुन थालेपछि राहदानी बनाउनेहरुले लाइन बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।

विभागले गरेको कामबाट सर्वसाधारणले सेवा त पाएका छन् नै, विगतको जस्तै महिनौ कुरिहनुपर्ने बाध्यताबाट पनि मुक्ति पाएका छन् । महिनौ राजधानीको होटलमा बसेर राहदानी बनाउने कागजपत्रहरु नमिल्दा फेरी जिल्ला फर्किनुपर्ने बाध्यतालाई पनि प्रविधिको प्रयोगले कमि ल्याइदिएको राहदानी विभागका कार्यकारी निर्देशक शुशिल कुमार लम्सालले बताए ।

कार्यँलय समय लम्बिए संगै यहा आउने सेवाग्रहीहरुलाई राहत पुगेको छ । दैनिक हजारौंको संख्यामा राहदानी बनाउने युवाले विभागले उपलब्ध गराएका तीन किसिमका सेवाबाट सर्वसाधारणलाई सेवा प्रदान गरेको छ ।
गत वर्ष मात्रै ६ लाख  ९९ सय हजारले राहदानीको आवेदन दिएका थिए । राहदानी बनाएका सबै विदेश नजाने  र अहिले सेवाग्राहीको संख्या अस्थिर रहेको कार्यकारी निर्देशक लम्सालले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो आन्तरिक व्यवस्थापनलाई चुस्त÷दुरुस्त बनाएकाले सेवाग्राहीहरुलाई मर्का नपर्ने विभागको दाबी छ । राज्यका सबै निकायलाई जनउत्तरदायी बनाउन सके जहां पनि लाइनमा नबसी काम नबन्ने प्रवृतीको अन्त्य हुने राहदानी विभागको कार्यसम्पादनबाट देखिन थालेको छ । जनसम्पर्कमा रहने अन्य निकायले पनि यहि सकारात्मक सिको गर्न सक्छन कि ?

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com