मेक्सिको हुँदै शरण खोज्न जानेले अमेरिकाको साटो मेक्सिकोमै आवेदन दिनुपर्ने नियमको तयारी - KHASOKHAS

मेक्सिको हुँदै शरण खोज्न जानेले अमेरिकाको साटो मेक्सिकोमै आवेदन दिनुपर्ने नियमको तयारी

अमेरिका र मेक्सिकोबीचको एउटा गोप्य सम्झौताका विवरणहरू सार्वजनिक भएका छन्, जस अनुशार मेक्सिको हुँदै अमेरिका आउन खोज्नेलाई मेक्सिकोमा नै शरण दिन सकिने भएको छ ।

“पैँतालीस दिन” समयसीमा उल्लेख भएको उक्त दस्तावेजका अनुसार मेक्सिको शरणार्थी मामिलामा “सुरक्षित तेस्रो मुलुक” बन्न भएको र त्यो परिस्थिति आइपरेमा विद्यमान कानुन पनि संशोधन गर्ने प्रतिबद्धता उसले जनाएको छ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले मेक्सिकोसँग आफ्नो दक्षिणी सिमाना थप सुदृढ पारेर आप्रवासीहरू अमेरिका जाने क्रम रोक्न आफू सक्षम रहेको देखाउन ४५ दिन रहेको बताएका थिए ।

उसले ग्वाटेमालासँगको सिमानामा छ हजार सुरक्षाकर्मी खटाएको छ ।

विदेशमन्त्रीका अनुसार यो पैँतालीसदिने योजना सफल नभएमा मेक्सिको “सुरक्षित तेस्रो मुलुक” बन्न पुग्नेछ। अर्थात् मेक्सिको हुँदै शरण खोज्न जानेहरूले शरणार्थी बन्न अमेरिकाको साटो मेक्सिकोमै आवेदन दिनुपर्नेछ।

धेरै पहिलादेखि नै अमेरिकाले त्यस्तो हुनुपर्ने माग राख्दै आएको थियो तर मेक्सिकोले स्वीकारेको थिएन।

मन्त्री एब्रार्डले अमेरिकाले त्यो उपायमा जोड दिएको र आफूहरू त्यसको कार्यान्वयनको पक्षमा रहेको बताए।

यदि मेक्सिको ४५ दिनभित्र आप्रवासी नियन्त्रण गर्न विफल भएमा अन्य देशहरू पनि त्यस मामिलामा तानिनेछन्।

आप्रवासीहरूद्वारा अहिले ट्रान्जिटको रूपमा प्रयोग हुने गरेका ब्राजिल, पनामा र ग्वाटेमालामा शरणार्थी दाबीको प्रक्रियाबारेको बोझ साझेदारी गर्न सकिन्छ कि भन्नेबारे छलफलरू आयोजना गरिनेछ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँग गरिएको आप्रवासीसम्बन्धी सहमतिको विस्तृत विवरण दिन अस्वीकार गरेपनि उनले पत्रकारसँग बोल्दा एउटा पाना हातमा लिएर हल्लाइरहेका थिए।

त्यसमा सहमतिको विस्तृत विवरण लेखिएको थियो र त्यहाँ खिचिएको तस्बिरबाट यो महत्त्वपूर्ण कुरा सार्वजनिक भएको छ।

बुधबार, जेष्ठ २९, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com