कार्यकारी आदेशबाटै कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने राष्ट्रपति उम्मेदवार कमलाको घोषणा


प्रकाशित मिति : जेष्ठ २९, २०७६ बुधबार

अमेरिकाको आगामी राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक प्राइमरीकी उम्मेदवार कमला ह्यारिसले आफू राष्ट्रपतिमा निर्वाचित भएमा कार्यकारी आदेश जारी गरेर भएपनि बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनहरुलाई देशनिकालाको डरबाट मुक्त गरेर नागरिकताको बाटोमा लैजाने योजना अगाडि सारेकी छिन् । सिनेटर कमला ह्यारिसले बुधबार यस्तो योजनाको घोषणा गरेकी हुन् ।

देशनिकालाको त्रासमा बाँचिरहेका ड्रिमरहरुलाई अमेरिकामा आफ्नो भविश्य सुनिश्चिताका लागि योजना ल्याउने कमला ह्यारिसको घोषणा रहेको छ । राष्ट्रपतिमा निर्वाचित भएमा उनले संसदबाटै २१ औं शताब्दीको अध्यागमन सुधारका लागि लड्ने बताएकी छिन् । आफूले कुरेर नबसी कार्यकारी आदेशमार्फत नै ड्रिमरलाई अमेरिकामा कानुनी हैसियत खोज्नका लागि विद्यमान व्यवधान हटाउने उनको भनाई छ ।

गत अप्रिलमा पनि उनले राष्ट्रपतिमा निर्वाचित भएमा पहिलो एकसयदिनमा नै अध्यागमन सुधारका क्षेत्रमा राष्ट्रपतिय अधिकार प्रयोग गरेर काम गर्ने घोषणा गरेकी थिइन् । कमला ह्यारिस अमेरिकी राष्ट्रपतिको चुनावका लागि बलियो उम्मेदवार मानिन्छन् । तर उनले ट्रम्पसँग चुनाव लड्नका लागि डेमोक्रेटिक पार्टीको प्राइमरीमा विजय हासिल गर्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com