नेपाली अर्गानिक चिया अमेरिकामा, दुई नेपाली विद्यार्थीको सामाजिक अभियान


प्रकाशित मिति : माघ २३, २०७३ आईतबार

अमेरिकामा अध्ययनरत दुर्ईजना नेपाली विद्यार्थीहरुले नेपाली अर्गानिक चियामार्फत सामाजिक विकाशको अभियान थालेका छन् । दुईजना कलेज ग्रयाजुएट्स निश्चल बास्कोटा र सश्रीक श्रेष्ठले अर्गानिक नेपाली चियालाई विश्वको नक्सामा राख्ने एवं किसानको अवस्था सुधार्नुका साथै उनीहरुका बच्चाहरुलाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ यो अभियान सुरु गरेका हुन् ।

किकस्टाटरमा ३२ हजार डलरको लक्ष्यसहित सुरु गरिएको यो अभियानमा अहिलेसम्म १२४ जनाले झण्डै साढे ११ हजार डलरको प्रतिज्ञा जनाइसकेका छन् भने अभियान सकिन अब एकमहिना बाँकी छ । यो अभियानमा १० डलरदेखि २४ डलरसम्म सहयोगको प्रतिबद्धता जनाउनेले २ वटा पिरामिड टि ब्याग स्याम्पल र धन्यवाद नोट प्राप्त गर्नेछन् ।

त्यस्तै २५ देखि ४९ डलरसम्म सहयोग गर्नेले ५० ग्रामको चियाको पोका वा एउटा पिरामिड चियाको बक्स प्राप्त गर्नेछन् । ५० डलरदेखिमाथि सहयोग गर्ने ४८ जनाले ११ वटा फरकफरक खालको चिया प्राप्त गर्नेछन् भने बाँकीले पचासपचास ग्रामका दुईवटा चियाका प्याकेट वा दुईवटा पिरामिड चिया बक्स प्राप्त गर्नेछन् ।

७५ डलर वा त्यो भन्दा माथि सहयोग गर्नेले पचास ग्रामका तीनवटा चियाका प्याकेट र दुईवटा नेपाली चियाकप प्राप्त गर्नेछन् । त्यस्तै १ सय डलर वा त्यो भन्दामाथि सहयोग गर्ने १ सय जनाले ११ वटा फरकफरक खालका चिया, पाँचवटा पिरामिड टी ब्याग, सुनौलो सियो प्राप्त गर्नेछन् । त्यस्तै २५० डलर वा सोभन्दा माथि सहयोग गर्नेले हरेक महिना दुईवटा चियाका पोकाहरु प्राप्त गर्नेछन् भने ४४० मिलिलिटरको मग प्राप्त गर्नेछन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

५ सय डलर सहयोग गर्नेबाट त्यो रकम एकजना बच्चालाई सिधा शिक्षाका लागि स्पोन्सरका लागि जानेछ भने सहयोग दाताले ६ वटा चियाका प्याकेट प्राप्त गर्नेछन् । ७५० डलर सहयोग गर्नेबाट त्यो रकम एकजना किसाना लागि गाई सहयोगमा जानेछ भने सहयोग दाताले १२ वटा चियाका प्याकेटपनि प्राप्त गर्नेछन् । १ हजार डलर सहयोग गर्नेका नाममा सयवटा चियाका बोट भएको प्लटको नाम राखिनेछ ।

परियोजनाबारे थप जान्न र अर्गानिक नेपाली चिया प्राप्त गरेर सामाजिक अभियानमा योगदान गर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ । 

सहयोगदाताका नाममा बगानमा साइनबोर्ड लगाइनेछ । सहयोगदाताले पाँचपाउण्ड चिया प्राप्त गर्नेछन् भने हरेक सिजनमा ५० पाउण्ड किन्न पाउनेछन् । ४ हजार डलर सहयोग गर्नेका नाममा एकहजारवटा चियाकाबोट भएको बगानको नाम राखिनेछ । वा सहयोगदाताका नाममा एकहजारवटा चियाका बोट रोपेर साइनबोर्ड लगाइनेछ । सहयोगदाताले त्यो चिया प्लटबाट पहिलो उत्पादन सबै प्राप्त गर्नेछन् ।

५ हजार डलर सहयोग गर्नेलाई सातदिन नेपाल भ्रमण गराइनेछ भने ५ पाउण्ड चिया प्रदान गरिनेछ । एकसयवटा चियाका बोट रहेको प्लटको नाम पनि सहयोग दाताकै नाममा नामाकरण गरिनेछ । सहयोगदाताको नेपाल भ्रमणका क्रममा बस्ने, खाने, नेपालभित्रको यात्रा लगायत सबै बेहारिनेछ । सहयोगदातालाई कञ्चनवजंघा चिया बगानमा पनि लगिनेछ । त्यस्तै १० हजार डलर सहयोग गर्नेका नाममा चारजनाको परिवारलाई हुने इको हाउस निर्माण गरिने अभियान संचालकहरुले जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com