राजामौलीको फिल्म ‘आरआरआर’ को एक सिनको सुटिङमा मात्रै ४५ करोड खर्च


प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार

दक्षिण भारतीय ब्लकबस्टर फिल्म बाहुबलीका निर्देशक एसएस राजामौलीले बाहुबलभिन्दा भव्य फिल्म बनाउँदैछन् । उनको आगामी फिल्म ‘आरआरआर’को एक सिनको सुटिङमा मात्रै ४५ करोड खर्च हुनेछ ।

बलिउडमा ४५ करोडमा पूरै फिल्म बनाउन सकिन्छ । अहिले बनिरहेका केही फिल्म त यसको पनि आधा बजेटमा बनेका छन् । तर, राजामौलीले एउटै दृश्यको लागि यति भव्य तरिकाले सुटिङ गर्ने तयारी गरेका छन् ।

यो दृश्यको लागि हजारौं फाइटरसँग करिब ६ महिनासम्म प्रि–भिजुअलाइजेशन र तालिम संचालन गरिएको छ । यो विशेष तयारीपछि पूर्ण रुपमा सुनिश्चित भएपछि मात्र निर्देशक राजामौली यसको शुटिङ गर्नको लागि तयार भएका छन् ।

सूत्रका अनुसार यो दृश्य हैदराबादको एक आल्मुनियम फ्याक्ट्रीमा शुटिङ हुनेछ । दृश्यमा के हुन्छ भन्ने कुरामा निकै गोपनीयता अपनाइेको छ । मानिएको छ कि त्यो फ्याक्ट्रीमा हिरोइनलाई छुटाउन दुई हिरोहरु आउन्छन र भिलेन तथा उसका हजारौं गुण्डाहरुसँग लड्छन् ।

यो फिल्मको कथा लेखनका लागि गरिएको अनुसन्धानमा करिब २ वर्षको समय लागेको बताइेको छ । फिल्म १० भन्दा धेरै भाषामा बन्नेछ। ३० जुलाइ २०२० मा फिल्म रिलिज हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com