प्रधानमन्त्री ओली युरोप भ्रमणमा निस्किए


प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओली झण्डै दुई साता लामो युरोप भ्रमणमा निस्किएका छन् । प्रधानमन्त्री ओली शनिबार साँझ जेनेभा प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत छन् ।

प्रधानमन्त्री ओली आइतबार स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्‍ाष्ट्रिय श्रम संगठन (अैइेलओ) को साधारणसभामा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सो समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता हुने छ ।

यसैगरी जेठ २७ गते प्रधानमन्त्री ओली बेलायत जाने कार्यक्रम छ । त्यहाँ उनले अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ भने उनले बीबीसी वर्ल्ड सर्भिसलाई अन्तर्वार्ता दिनेछन् ।

बेलायतमा रहँदा प्रधानमन्त्री ओलीले समकक्षी टेरिजा मेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनी जेठ २९ गते फ्रान्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फ्रान्समा रहँदा जेठ १३ गते प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी एडुवार्ड फिलिपेसँग दुईपक्षीय हितका विषयमा कुराकानी गर्नेछन् । साथै त्यहाँका व्यापारी तथा लगानीकर्ताहरुसँग प्रधानमन्त्री ओलीको भेटघाट कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com