गैरकानूनी विदेशी विद्यार्थीमाथि अंकुश लगाउने जापानको तयारी


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

जापानमा विदेशी विद्यार्थीको गैरकानूनी रोजगारी र भिसाको म्यादभन्दा बढी समय बसाइमाथि रोक लगाउन जापानी भाषा स्कूलको आवश्यकतामाथि कडाइ गर्ने भएको छ । हाल जापान सरकारले भिसामा उल्लेख भएभन्दा बढी समय सम्म बस्ने एक वर्षको अवधिमा भर्ना भएका आधाभन्दा बढी विदेशी विद्यार्थी भएका भाषा स्कूलको अनुमति रद्ध गर्ने भएको छ । यो महिनाको शुरुआतदेखि सरकारले यो संख्या ३० प्रतिशतमा ल्याउने भएको छ । न्यून गुणस्तरीय जापानी भाषा स्कूलमाथि अंकुश लगाउन र अवैध रोजगारीले सार्वजनिक सुरक्षाको क्षेत्रमा निम्त्याएका चिन्ताहरुको सामना गर्नु नै यो नीति कार्यान्वयनको प्रमुख लक्ष्य रहेको बताइएको छ ।

जापानमा काम गर्न ब्याकडोर

केही जापानी भाषा स्कूलले दिर्घकालिन कामको खोजी गर्न भिसामा उल्लेख भएभन्दा बढी समय जापान बस्ने उद्धेश्य भएका विदेशीहरुका लागि जापान छिर्ने पछाडिको ढोकाका रुपमा कार्य गर्ने गरेका छन् । आजकाल जापानमा श्रमिकको चरम अभाव परेका कारण कम्पनीहरु न्यून तलबमा जसरी भएपनि कर्मचारी भर्ना गर्ने दाउमा रहेका कारणले पनि यस्तो भएको हुन सक्छ ।

भिसामा उल्लेख भएभन्दा बढी समय बस्नेहरु

यो वर्षको जनवरीमा सरकारले विद्यार्थी भिसामा जापान छिरेका र भिसाको अवधि समाप्त भएपछि पनि फिर्ता नगएका ४ हजार ७ सय जना रहेको गणना गरेको थियो । यो पाँच वर्षको तुलनाम ७० प्रतिशतले बढी हो ।

जापानका अधिकांश भाषा स्कूल कानूनी मान्यता प्राप्त उद्योगहरु नै भएपनि केही थोरै भाषा स्कूलले मात्रै जापानमा गैरकानूनी रुपमा बस्ने हिसाबले आएका विदेशी विद्यार्थीलाई भर्ना गर्ने गरेको छ । औपचारिक मापदण्डलाई कडा गर्ने सरकारी निर्णय गैरकानूनी गतिविधिमाथि रोक लगाउनका लागि नै हो ।

सन् २०१९ को अप्रिलसम्ममा विदेशी विद्यार्थीलाई तयार पार्ने साढे ७ सय जापानी भाषा स्कूल रहेका छन् । यो सन् २०१८ को १ सय स्कूलको तुलनामा बढी हो ।

नयाँ विशिष्ट कौशल भिसाको कुरा के हो त?

यसै वर्षको अप्रिल १ मा जापानले नयाँ रेसिडेन्सी भिसा स्टेटसको माध्यमबाट न्यून कौशल भएका कामदारका लागि जापान आउने बाटो खोल्दै अध्यागमन नीतिमा ऐतिहासिक परिवर्तन गरेको थियो । आगामी पाँच वर्षसम्म दुई ओटा विशिष्ट कौशल भिसाले १४ ओटा उद्योगमा ३ लाख ४५ हजार कामदार भित्रयाउने अनुमति दिनेछ ।
कन्भिनियन्स स्टोर र रिटेल स्टोर यो नयाँ रेसिडेन्सी भिसाको वर्गभित्र पर्दैन र विदेशी विद्यार्थीहरु यस्तै ठाउँमा पार्ट टाइमका लागि मागमा हुन्छन् । विद्यार्थी भिसामा जापान बस्नेले काम गर्नका लागि अध्यागमन विभागबाट विशेष अनुमति लिनुपर्ने हुन्छ । अनुमति पाउनेले हप्ताको अधिकतम २८ घण्टा काम गर्न पाउँछन् ।

भाषा सिकाइको मापदण्डमा कडाइ

यसका साथै सरकारले जापानी भाषा स्कूलमा पढाइको गुणस्तरका लागि आवश्यकतामा पनि कडाइ गर्ने सोच बनाएको छ । सरकारले जापानी भाष स्कूलले आफ्ना विद्यार्थीलाई पर्याप्त शिक्षा दिएको सुनिश्चित गर्न कमन यूरोपियन फ्रेमवर्क अफ रिफरेन्स फर ल्याङ्वेज (सीईएफआर) को प्रयोग गर्ने भएको छ ।

सीइएफआर अन्तरराष्ट्रिय भाषा प्रोफिसियन्सी गाइडलाइन हो जुन यूरोप लगायत अन्त पनि व्यापक रुपमा प्रयोग भइरहेको छ । यो ए १ देखि सी २ गरेर ६ ओटा लेभलमा विभाजित हुन्छ ।

कम्पनीका लागि

सरकारले विद्यार्थीहरु स्कूलमा गइरहेको सुनिश्चित गर्न प्रवर्तनलाई पनि तिव्र पार्ने दाउमा छ ।

माथि उल्लेखभएअनुसार यदि तपाइ जापानमा विद्यार्थी भिसामा हुुनुहुन्छ भने भिसामा उल्लेख भएभन्दा वेग्लै गतिविधिमा संलग्न हुनका लागि तपाइलाई अध्यागमन विभागको अनुमतिको आवश्यकता पर्छ ।

सरकारले कम्पनीलाई काम गर्न विशेष अनुमति पाएका विद्यार्थीका बारेमा जानकारी गराउँछ र यदि उनीहरुले एक महिनाको अवधिमा कम्तिमा पनि ५० प्रतिशत कक्षा लिन असफल भए भने सरकारले कम्पनीका बारेमा क्षेत्रिय अध्यागमन विभागमा जानकारी गराउँछ ।

श्रोतः जापानी संस्करण

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com