अष्ट्रेलियन भिसाको पोइन्ट सिस्टममा परिवर्तन हुने भएको छ । आगामी नोभेम्बर महिना देखि पोइन्ट सिस्टममा परिवर्तन हुने भएको हो ।
नयाँ पोइन्ट सिस्टममा सिंगलहरुलाई प्राथमिकता दिइने बताइएको छ । नयाँ पोइन्ट सिस्टम लागु भएपछि सिंगल व्यक्तिले अतिरिक्त १० पोइन्ट पाउनेछन् ।
पार्टनर भिसामा आउनेहरु अधिकांश कम दक्ष रहने हुनाले सिंगल आउनेहरुलाई प्रोत्साहन गर्नको लागि यो सिस्टम ल्याउन लागिएको बताइएको छ । अधिकारिहरुका अनुसार, सिंगल आउनेहरुले पार्टनर भिसामा आउनेहरुको तुलनामा अष्ट्रेलियाको अर्थतन्त्रमा बढी योगदान गरेको पाइएकोले यो सिस्टम ल्याउन लागिएको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।