Follow @khasokhasmag

बडीगार्डले आफ्नो फ्यानलाई दुर्व्यवहार गरेपछि सलमानले बडीगार्डलाई नै लगाइदिए थप्पड


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

बलिवुड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘भारत’ रिलिज भएको छ । मुस्लिम धर्मालम्बीहरुको महान पर्व इदको अवसरमा बुधबार ‘भारत’ रिलिज भएको हो ।

‘भारत’ का मूख्य अभिनेता सलमान खानले फिल्मको विशेष स्क्रिनिंगको आयोजना गरेका थिए । उक्त स्क्रिनिंगमा उनले बलिवुडका हस्तीहरुलाई निम्ता गरेका थिए ।

फिल्म स्क्रिनिंग कार्यक्रममा सलमानका फ्यानहरुले उनलाई घेरेका थिए । यसै क्रममा एक बालक सलमान खानको नजिक जान खोज्दै थिए । तर, बडीगार्डले उनलाई सलमानको नजिक जान रोक्दै दुर्व्यवहार गरे । यो देखेपछि सलमानले बडीगार्डलाई नै थप्पड लगाइदिएका थिए ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com