अष्ट्रेलियाबाट काठमाडौं आएको जहाज के गर्दैछ ?


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

एक साताअघि त्रिभुवन विमानस्थलमा ओर्लिएको एउटा विशेष जहाज अष्ट्रलियाबाट आइपुगेको हो । विभिन्न प्रकारका उपकरणजडित यो जहाज त्रिभुवन विमानस्थलबाट मौसम सफा भएको मौका छोपेर हरेक दिन पोखरातिर उड्छ । कास्की र त्योभन्दा उत्तरतर्फको आकाशमा उड्छ र आफ्नो काम सकेर बास बस्न जहाज पुनः काठमाडौंमै आइपुग्छ ।

यो जहाज अष्ट्रलियाबाट किन नेपाल आयो ? कुन प्रयोजनमा यहाँ ल्याइयो र केमा प्रयोग भइरहेको छ ?

मुक्तिनाथ दर्शन प्रालिले कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकारको डीपीआर निर्माण गर्दैछ । नेपालको पहिचानात्मक परियोजना बनाउने योजनासहित कम्पनीले शुरु गरेको यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० बनाउने काम भइरहेको छ ।

यस्ता ठूला आयोजनाको डीपीआरका दौरान ‘लाइट डिटेक्सन एवमः रेजिङ (लाइडर) सर्वे गर्नुपर्ने हुन्छ । अत्याधुनिक प्रविधिबाट हुने यस प्रकारको सर्वेका लागि हवाईजहाजमा उपकरण जडान गरिएको हुन्छ । डीपीआरअन्तर्गत लाइडर सर्वेको जिम्मा पाएको अष्टे्रलियन कम्पनी एएएम ग्रुप विशेष विमानसहित नेपाल आएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो जहाज अझै १० दिनसम्म नेपालमा बस्नेछ । सर्वेमा नापी विभागका कर्मचारीसमेत साथमै रहेका छन् ।

८४।१ किलोमिटर लामो केवलकार निर्माण गर्न सरकारबाट सम्झौता गरेको कम्पनीले अहिले धमाधम डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अध्ययन गरिरहेको छ । डीपीआर बनाउने जिम्मा इटालियन कम्पनी रोप्स जीएमबीएसले पाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com