अधिकार प्रयोग गरी १७ वर्षीया युवतीले गरिन् आत्महत्या


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

नेदरल्याण्ड्सको केआर्नहेम सहरमा बस्दै आएकी एक युवतीले इच्छा मृत्युको अधिकार प्रयोग गरी आत्महत्या गरेकी छन् । १७ वर्षीया युवती नोआ पान्टहोवेनले गत आइतबार आफ्नै घरमा सरकारी क्लिनिकका कर्मचारीको सहयोगमा आत्महत्या गरेकी हुन् ।

नोआले आफू बच्चा हुँदा यौन उत्पीडनमा परेको बताएकी थिइन् । उनले भनेकी छन्, ‘जीवनमा दुई पटक बलात्कारको शिकार भएँ । जब म ११ वर्ष हुँदा त्यस्तो घटना भएको थियो, फेरि १४ वर्षको हुँदा त्यस्तै अवस्था भोगेँ ।’ बलात्कारको शिकार भएकी नोआले त्यही चिन्ताले आफूलाई भोक नलाग्ने रोग लागेको बताउँदै आएकी थिइन् ।

पछिल्लो हप्ता नोआले आफ्नो इन्स्टाग्राममा एक सन्देश पोस्ट गर्दै आफूले कानुनको सहयोगमा आत्महत्या गर्न लागको जानकारी गराएकी थिइन् । १० हजारभन्दा बढी फ्लोवर्स भएको इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘मैले दुःखसँग धेरै लड्दै आएँ । अब त थाकिसकेँ ।’ पछिल्लो समय नोआले इच्छामृत्युपत्र पाउनका लागि क्लिनिकसँग सम्पर्क गर्दै आएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com