ओबामा कार्यकालमा सबैभन्दा धेरै नेपाली डिपोर्ट


प्रकाशित मिति : माघ २३, २०७३ आईतबार

– किशोर पन्थी

रिपब्लिकनहरुको तुलनामा डेमोक्र्याटहरुको नीति आप्रवासीहरुप्रति उदार रहेपनि सबैभन्दा धेरै नेपालीहरु  राष्ट्रपति बराक ओबामाकै कार्यकालमा अमेरिकाबाट देशनिकालामा परेको तथ्यांकले देखाएको छ । ओबामा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएयताका ८ बर्षमा अमेरिकाबाट १५२५ नेपालीहरुले देशनिकालाको आदेश पाएका छन् । उनीहरुले अमेरिकी अदालतबाट या त स्वेच्छिक रुपमा या त युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टमार्फत डिपोर्टेशनमा परेका हुन् । अमेरिकी अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या ओबामा कार्यकालमा इतिहासमा नै सबैभन्दा धेरै हो ।

ओबामा राष्ट्रपतिमा निर्वाचित भएकै बर्ष अर्थात् आर्थिक बर्ष सन् २००९ मा १६७ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । आर्थिक बर्ष सन् २०१० मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या १६३ रहेको थियो । त्यस्तै आर्थिक बर्ष सन् २०११ मा अमेरिकी इतिहासमा नै सबैभन्दा धेरै नेपालीहरुले देशनिकालाको आदेश पाए । यो बर्ष २ सय ८५ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । यसअगाडि वा त्यसपछाडि पनि यति धेरै नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका छैनन् ।

त्यसैगरी आर्थिक बर्ष सन् २०१२ मा २ सय २२ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । आर्थिक बर्ष सन् २०१३ मा भने २ सय १२ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । आर्थिक बर्ष २०१४ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरु २ सय १५ जना रहेका थिए । आर्थिक बर्ष सन् २०१५ को उत्तराार्धमा नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा बस्ने नेपालीहरुले टेम्पोरेरी प्रोटेक्टेड स्टेटस प्राप्त गरेपछि देशनिकालाको क्रम अलिकति कम भएको छ । आर्थिक बर्ष सन् २०१५ को पछिल्लो तीन महिनामा अमेरिकाबाट देशनिकालामा पर्ने नेपालीहरुको संख्या घट्दा आर्थिक बर्ष २०१५ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या जम्मा १४० मा सिमित रहेको थियो । ओबामाले राष्ट्रपतिमा जित्नु अगाडि आर्थिक बर्ष सन् २००८ मा पनि जम्मा १४० जना नेपालीहरुले नै देशनिकालाको आदेश पाएका थिए । गतबर्षको तथ्यांक हेर्दा नेपालीहरुलाई देशनिकालाको दर ओबामा कार्यकाल सुरु हुनुभन्दा अगाडिकै अवस्थामा पुगेको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

नेपालले टीपीएस प्राप्त गरिसकेपछिको एकबर्षमा आर्थिक बर्ष सन् २०१६ मा जम्मा १२१ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका छन् , जुन १२ बर्षको इतिमासमा नै सबैभन्दा कम हो । आर्थिक बर्ष सन् २००५ मा १ सय २७ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । त्यो भन्दा अगाडि सन् २००४ मा भने ९८ जना नेपालीहरुले अमेरिकी अदालतबाट देशनिकालाको आदेश पाएका थिए ।

deport

बुस कार्यकालसँग ओबामा कार्यकालको तुलना
रिपब्लिकन पार्टीका तर्फबाट सन् २००० मा राष्ट्रपतिमा निर्वाचित जर्ज डब्ल्यु बुसको ८ बर्षको कार्यकालमा जम्मा ७९० जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । यसरी हेर्दा ओबामाको ८ बर्षे कार्यकालमा बुसको कार्यकालका तुलनामा झण्डै दोब्बर नेपालीले अमेरिकाबाट देशनिकालाको आदेश पाएका छन् ।

बुस कार्यकालको पहिलो बर्ष अर्थात् आर्थिक बर्ष सन् २००१ मा ३९ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए भने ओबामा कार्यकालको पहिलो आर्थिक बर्ष सन् २००९ मा १ सय ६७ जना नेपालीहरु अर्थात् सबा चारगुणा बढी नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । बुस कार्यकालको दोश्रो बर्ष अर्थात् सन् २००२ मा ४६ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए भने ओबामा कार्यकालको दोश्रो बर्ष सन् २०१० मा १ सय ६३ जना अर्थात् साढे तीन गुणा बढी नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए ।

बुस कार्यकालको तेश्रो बर्ष अर्थात् २००३ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरु ७६ जना रहेका थिए भने ओबामा कार्यकालको तेश्रो बर्ष अमेरिकाबाट देश निकालाको आदेश पाउने नेपालीहरु २ सय ५ जना अर्थात् पौने चारगुणा बढी थिए । त्यस्तै बुस कार्यकालको चौथो बर्ष सन् २००४ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरु ९८ जना रहेका थिए भने ओबामा कार्यकालको चौथो बर्ष २ सय २२ जना नेपालीहरु अर्थात् सबा २ गुणा बढी नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । यसरी हेर्दा बुसको पहिलो कार्यकालमा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या २ सय ५९ रहेको थियो, जब की ओबामाको पहिलो कार्यकालमा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या ८ सय ३७ अर्थात् सबा तीन गुणा बढी रहेको थियो ।

त्यस्तै बुसको दोश्रो कार्यकालको चारबर्षमा ५ सय ३१ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए भने ओबामाको दोश्रो कार्यकालमा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरु ६ सय ८८ जना रहेका थिए । बुसको दोश्रो कार्यकालमा आर्थिक बर्ष सन् २००५ मा १ सय २७ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । आर्थिक बर्ष सन् २००६ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरु १ सय ३० जना रहेका थिए भने सन् २००७ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या १ सय ३४ रहेको थियो । त्यस्तै सन् २००८ मा १ सय ४० जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए ।

अमेरिकी राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनका पति बिल क्लिन्टन राष्ट्रपति रहेको पछिल्लो दुईबर्षमा १ सय ४० जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए जब कि बसु राष्ट्रपति बनेको सुरुका दुईबर्षमा जम्मा ८५ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । क्लिन्टन कार्यकालका पछिल्ला दुईबर्ष अर्थात् आर्थिक बर्ष सन् १९९९ सय २००० मा हरेक बर्ष ७० जनाका दरले नेपालीले देशनिकालाको आदेश पाएका थिए जब की बुसले कार्यभार ग्रहण गरेको बर्ष आर्थिक बर्ष २००१ मा यो संख्या घटेर ३९ मा झरेको थियो ।

टीपीएसपछि पनि नेपाली डिपोर्ट

अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा गएको महाभूकम्पपछि टेम्पोरेरी प्रोटेक्टेड स्टेटस प्रदान गरिएपनि आर्थिक बर्ष २०१६ मा पनि अमेरिकामा बस्ने कैयन नेपालीहरुले देशनिकालाको आदेश पाए । यद्यपी आर्थिक बर्ष २०१६ मा देशनिकालाको आदेश पाउने नेपालीहरुले १२ बर्षकै इतिहासमा सबैभन्दा कम थिए । टीपीएसको कारण नेपालीहरुले देशनिकाला पाउने संख्या घटेपनि १ सय २१ जना नेपालीहरुले डिपोर्टेशनको आदेश पाउनु भने दुखद कुरा हो । कुनै पनि देशलाई टीपीएसको दर्जामा राखिसकेपछि त्यो देशका नागरिकहरुलाई अमेरिकाबाट देशनिकाला गर्न नपाइने प्रावधान रहेपनि त्यो प्रावधान विपरित १ सय २१ जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका छन् । जसमध्ये १ सय १९ जना नेपालीहरुले अध्यागमन अन्तरगत नै देशनिकालाको आदेश पाएका हुन् भने २ जनाले अमेरिकामा आपराधिक गतिविधि गरेका कारण देशनिकालाको आदेश पाएका हुन् ।

टीपीएसपछिको एकबर्ष अर्थात् आर्थिक बर्ष २०१६ मा अमेरिकाबाट सन् २०१५ को अक्टोबरदेखिका सातमहिना अर्थात् अप्रिलसम्ममा अमेरिकी अदालतबाट देश निकालाको फैसला पाउने नेपालीहरु जम्मा ६२ जना रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ । मेमहिनादेखि जुलाईसम्म ३६ जना नेपालीहरुले अदालतबाट देशनिकालाको आदेश पाए भने अगस्तदेखि सेप्टेम्बरको अन्त्यसम्म देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या २२ रहेको थियो ।

कुन अदालतबाट कति नेपाली डिपोर्ट ?

आर्थिक बर्ष सन् २०१६ मा सबैभन्दा धेरै न्युयोर्कको अदालतबाट नेपालीहरुले देशनिकालाको आदेश पाए । न्युयोर्कको अदालतबाट आर्थिक बर्ष २०१६ मा देशनिकालाको आदेश पाउने नेपालीहरु ५५ जना रहेका थिए भने क्यालिफोर्नियाको अदालतबाट २८ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । त्यस्तै मेरिल्याण्डको अदालतबाट ८ जना नेपालीहरुले आर्थिक बर्ष २०१६ मा देशनिकालाको आदेश पाएका थिए । त्यस्तै जर्जियाको अदालतबाट ७ जनाले र पेन्सिलभेनियाको अदालतबाट ५ जनाले आर्थिक बर्ष सन् २०१६ मा नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए ।

आर्थिक बर्ष २०१६ मा टेक्सासको अदालतबाट ४ जना नेपालीहरुले देशनिकालाको आदेश पाए भने इलिनोयको अदालतबाट ३ जनाले देशनिकालाको आदेश पाए । त्यस्तै मासाचुसेट्सको अदालतबाट पनि ३ जना नेपालीहरुले देशनिकालाको आदेश पाए । आर्थिक बर्ष २०१६ मा लुजियानाको अदालतबाट २ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए भने ओरेगन, वासिंटन, युटाह, भर्जिनिया, न्युजर्सी र मिजौरीको अदालतबाट एकएक जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए ।

(रिपोर्टमा उल्लेखित तथ्यांकहरु अमेरिकी सरकारको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युबाट लिइएका हुन् । )

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com