काम गर्दैछौं, नतिजा आउँदैछ– मन्त्री बाँस्कोटा


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकास निर्माणको काम जारी रहेकाले अझै नकारात्मक टिप्पणी गर्ने अवस्था नआएको बताउनुभएको छ ।

दाङ तुलसीपुरमा जारी दुई दिने खानेपानी संस्था तथा समितिको व्यवस्थापन, खानेपानी आयोजना सञ्चालन व्यवस्थापन तथा सुरक्षा योजना सम्बन्धी अन्तक्र्रियामा मन्त्री बाँस्कोटाले भन्नुभयो, “भर्खरै विकास निर्माणका काम शुरु भएका छन्, अहिले नै नकारात्मक टिप्पणी गर्नेबेला भएको छैन् ।” उहाँले सरकारले गरेका कार्यको नतिजा पाँच वर्षभित्र आउने विश्वास दिलाउँदै भन्नुभयो, “तपाईहरु धैर्य गर्नुस्, पाँच वर्षभित्र सरकारले गरेका कामको नतिजा आउँछ ।”

उहाँले मुलकमा अब राजनीतिक लडाइँ सकिएको र गरीबी अन्त्यको लडाइँ शुरु भएको समेत बताउनुभयो । मन्त्री बाँस्कोटाले विकास निर्माणका काम अघि बढिरहेको भन्दै केही समय धैर्य राख्न आग्रह गर्नुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले सन् २०२२ सम्म सबै नागरिकको घरमा पिउने पानी पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, सन् २०३० सम्ममा प्रशोधित स्वच्छ पिउने पानी पु¥याउने लक्ष्य रहेको समेत उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्री बाँस्कोटाले नेपाल जलस्रोतको दोस्रो धनी देश भएकाले स्रोतको समस्या नभएको तर आर्थिक, इच्छाशक्ति र काम गर्दा खुट्टा तान्ने प्रवृत्तिले यस्तो समस्या निम्तिएको समेत बताउनुभयो । उहाँले उपभोक्ता समितिका पदाधिकारी मन लागेमा १७ वर्षसम्म पनि एउटै पदमा बसिराख्ने गरेको भन्दै यो बिल्कुल गलत भएकाले आफू र आफ्नो समाज परिवर्तनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

“मन लागेमा १७ वर्षसम्म पनि एउटै पदमा बस्ने तर योजना पूरा नगर्ने रु”, उहाँले भन्नुभयो, “यसले सबै मानिसलाई खानेपानीको पहुँचमा ल्याउने ठूलो समस्या पारेको छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com