म्यानपावरले ‘एजेन्ट’राखेर कुनै काराेबार गर्न नपाउने


प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार

बिचाैलिया (एजेन्ट) राखेर काराेबार गर्दै आएका म्यानपावर कम्पनीहरुलाई नयाँ खबर छ । वैदेशिक रोजगारीमा पठाउने सम्बन्धी कामका लागि अब म्यानपावर कम्पनीले कुनै पनि एजेन्ट खडा गर्न नपाउने भएका छन् ।

वैदेशिक राेजगार एेन २०६४ काे दफा ७४ काे उपदफा २ मा गरिएकाे संशाेधनसँगै याे एजेन्ट राख्न पाउने विगत व्यवस्था खारेज भएकाे वैदेशिक राेजगार विभागले जनाएकाे छ ।

अब म्यानपावर कम्पनीहरुले आफ्ना कर्मचारीबाहेक तेस्रो पक्ष (एजेन्ट) मार्फत कुनै काराेबार गर्न वा सेवाग्राहीकाे पासपोर्ट बोक्ने, राख्ने, कागजान मिलाइदिने काम गर्न नपाउने भएका हुन् ।

यदि कसैले कानुन अटेर गरी म्यानपावरका कर्मचारीबाहेकका लागि उक्त काममा लगाएकाे पाइएमा कडा कारबाही हुने समेत विभागले जनाएकाे छ । यसरी एजेन्टकाे रुपमा काम गरेकाे भेटिएमा एजेन्टलाइ सीधै पक्राउ गर्न सकिने विभागका अधिकारीहरु बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com