कैलाली र कञ्चनपुरमा हावाहुरीको वितन्डा , दुईको मृत्यु, ७५ जना घाइते


प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार

बिहीबार साँझ आएको हावाहुरीले सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । याे समाचार तयार पार्दासम्म भीषण हावाहुरीले दुईकाे मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा धनगढीका वर्ष २६/२७ का बीरबहादुर चौधरी र लहानु चौधरी रहेका छन् । बिहीबार साँझ ८ बजेतिर आएकाृ हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको जिल्ला प्रहरी कार्यालय भामदत्तनगरका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

यस्तै कैलाली आसपासमा जम्मा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदिप गिरीले जानकारी दिनुभयो । हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका पनि गिरीले जानकारी दिनुभयाे ।

घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरुको अहिले सेती अञ्चल अस्पताल र महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण घाइते हुनेको संख्या ३२ पुगेको छ भने महाकाली अञ्चल अस्पतालमा सातजना भन्दा बढी घाइते पुगेको जनाइएकाे छ ।  अन्यको नयाँ मेट्रो, निर्सग र अत्तरियाको पद्‍मा अस्पतालमा उपचार भइरहको डीएसपी गिरीले जानकारी दिनुभयाे ।

हावाहुरीले रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ, बिजुलीको पोल ढालेर विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लास्थित सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको र उद्धारमा जुटेको उनको भनाइ छ । एसपी गिरीका अनुसार रातको समय भएकाले अन्य क्षतिको विवरण भने आउन सकेको छैन । अहिले हावाहुरी रोकिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com