ट्रम्प प्रशासनले कागजपत्रविहिन बालबालिकाको अँग्रेजी कक्षा रद्द गर्दै


प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार

ट्रम्प प्रशासनले अभिभावकविना अमेरिका छिरेर संघीय आप्रवासी सेल्टरहरुमा बसिरहेका कागजपत्रविहिन बालबालिकाहरुको अँग्रेजी कक्षा रद्द गर्ने भएको छ । साथमा अतिरिक्त कृयाकलापहरु र कानुनी सहायता पनि अन्त्यको तयारी गरिएको छ ।

शरणार्थी पुनव्र्यवस्थापन कार्यालयले फुटवल लगायतका अतिरिक्त कृयाकलापका लागि आर्थिक सहायता रोक्न सुरु गरिसकेको छ । संघीय अधिकारीहरुले दक्षिणी सिमानामा अभिभावकविनाका कागजपत्रविहिन बालबालिकाको संख्या नाटकीय रुपमा बढेको उनीहरुका लागि सेल्टर र हेरचाहका लागि संसदले २ दशमलव ९ बिलियन बजेट छुट्याउनुपर्ने भन्दै संसदलाई चेतावनी दिइसकेका छन् ।

जुनको अन्त्यतिर कार्यक्रमका लागि छुट्याइएको बजेट सकिन लागेकाले अँगेजी कक्षा, अतिरिक्त कृयाकलाप र कानुनी सहायता रोक्नुपर्ने अवस्था आउन लागेको हो । मे महिनामामात्र सिमाक्षेत्रमा १ लाख ४४ हजार आप्रवासीहरुलाई हिराशतमा लिइएको छ, यो अप्रिलको तुलनामा ३२ प्रतिशतले बढी हो ।

हेल्थ एण्ड ह्युमन सर्भिसले विहिबार सेल्टरहरुलाई पठाएको इमेलमा शिक्षा र अतिरिक्त कृयाकलापका लागि रकम नतिर्ने जनाएको थियो । जसका कारण हिराशतमा रहेका बालबालिकाको शारिरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com